श्रमिक सूचना र सन्देश – ५३७

 

१६ अक्टोबर २०२१

 

(क) नेपाल

१- आज राती पौने नौ बजे माल्दिभ्समा हुन गैरहेको नेपाल र भारतबिचको साफ च्याम्पियनशिपका लागि फुटबलको फाइनल खेलमा खेल अगावै नेपाल बिरूद्ध धांधली भएको छ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल मुताइरीलाइ अन्तिम खेलमा प्रतिबन्ध लगाएर साफले यो धांधली गरेको उनको भनाइ छ । उनले भने – “यो निर्णय नियमबिपरित र अन्यायपुर्ण छ”। उक्त खेलको नियममा रातो कार्ड पाउने या लगातार पहेलो कार्ड पाउनेहरू तदुपरान्तका खेलमा प्रतिबन्धित हुनसक्ने प्रावधानछ, अब्दुल्लाले न त रातो कार्ड पाएका थिए, न त लगातार पहेंलो नै । नेपाली फुटबल टिमलाइ फाइनलमा पुराएर इतिहास रच्नुमा अल मुताइरीको बिशेष योगदान छ र यसको श्रेय उनलाइ जान्छ नै । भारतको जित र नेपालको हार चाहनेले यो गलत र बदनियतपुर्ण निर्णय गरेपनि नेपालले नतिजाका लागि प्रतिस्पर्द्धा गर्नेछ, नेपाल प्रेमी अब्दुल्लाले भने ।

(ख) साउदी अरब

२- कानुन बिपरित चल्ने बिजनेश सम्मानित र दीगो हुंदैनन, ती त धन्धा हुन, तस्करी हुन र कानुन छलेर या दुरूपयोग गरी अबैध तवरमा बिशेष काल खण्डमा मिलेको छुटको फाइदा उठाउन गरिन्छन भन्ने निस्कर्षमा साउदी सरकार पुगेको प्रतित हुंदैछ । साउदी अरबको गृह मन्त्रालयले जारी गरेको मेशेज (SMS)ले साउदी अरबमा आप्रबासीले साउदी नागरिकलाइ स्लिपिङ पार्टनर बनाएर या निजको स्पोन्सरशिपमा कथित आजाद भिषा लिएर आंफूखुशी बिजनेश ब्यापार गरिरहेकाहरू बिशेषतः भारतिय, पाकिस्तानी र इजिप्सियनहरूको प्राइभेट बिजनेशमा ठूलो पहिरो जाने भएको छ । यहि नीतिको असर र शिकार पछिल्लो समयमा सप्लाइमा या आजादमा काम गर्ने गराउने भनी ठूलै संख्यामा हालैका दिनमा साउदी अरब ल्याइएका बंगलादेशीहरू समेत पर्नेभएका छन । सरकारको मेशेज “गर या मर” भन्ने सुस्पस्ट छ, निश्चित समय सिमा तोकेर सो अवधिभित्र कि त सरकारले तोकेको लगानी राशी सहित लगानी गरेर आफ्नै नाममा बिधिवत दर्ता गरेर कानुनसम्मत बिजनेश गर, सक्दैनौ भने हालको धन्धा बन्द गर । यदि कोही नेपालीले पनि त्यस्तो बिजनेस गरिरहेको भए अब साउदी सरकारको यो नयां नीति नियमभित्र रहेर आफ्नो बिजनेश कारोबार गर्नुपर्नेछ, अन्यथा त्यो अबैध धन्धा हुनेछ र अब दण्डनिय हुनेभएको छ ।

(ग) मध्यपुर्ब

३- नेपालीहरूको मध्यपुर्बको वैदेशिक रोजगारी ज्यालाका दृष्टिमा पनि मध्यम नै हो, हावापानी र केही अन्य अवस्थामा कठिन होला, तर अहिले धेरैले यो पनि गुमाएर, नेपाली सरकार र नेताहरूका गुलिया तर खोक्रा र झुठ कुरा (आश्वासन)मा परेर स्वदेश फर्केकाहरू पनि अधिकांश स्वदेशमै काम गरिखान पाउने अवस्था नरहेपछि पुनः बिदेशिने क्रम जारी छ । उनिहरूको नजिकको र सहज गन्तब्य भारत बन्ने गरेको छ, बिशेषतः मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रका नेपालीहरूका लागि । उनिहरूले भारतका पहाडतिर स्याउ टिप्ने, बोक्ने, घांस काट्ने, सडक लगायतका भौतिक संरचना निर्माणमा मजदुरी गरेर दैनिक भा.रू. ४००-५०० पाउंछन र यसैमा सन्तुस्ट हुनुपरेको छ । नेपालीहरूको खाडीको रोजगार बिगार्न नेपाली कामदार स्वयम र कतिपय एजेन्टहरूको पनि हात छ । कानुनलाइ हातमा लिएर अबैध तवरमा पठाउने, काम गर्ने, गराउने र पुनः अबैध तवरमै स्वदेश फर्किने, फर्काउने गर्दा मुख्यतः कामदारहरू नै मारमा पर्ने र अन्ततः पछुताउने गरेका छन । लहै लहै या भावुक भइ फर्किनेदेखि सांच्चै नै पीडा र अन्यायमा परि फर्किने र कतिपय बिदामा गएर बिभिन्न कारणबस नफर्किनेहरू अहिले त्यो पश्चातापमा रहेकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Qatar has been elected to the United Nations Human Rights Council (UNHRC) with 182 votes for three years, the UN Department for General Assembly & Conference Management (DGACM) has announced.

Qatar has been elected to the Council as a member along with 17 other states by member states of the United Nations General Assembly.

 

Leave a Reply