श्रमिक सूचना र सन्देश – ५३६

 

१५ अक्टोबर २०२१

 

(क) नेपाल

१- यसपटकको दशैं नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि मनाइन । उनले सहकर्मीहरूलाई टीका लगाइदिएर, सामाजिक सञ्जालमा आम नेपालीले झैं ‘सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु।’ भन्दै सहर्ष दशैं मनाएकी छन ।

(ख) साउदी अरब

२- साउदी अरबले १७ अक्टोबर देखि भ्याक्सिन लगाएकाहरूले बाहिर मास्क लगाउनुनपर्ने, सामाजिक दूरी पनि पालना नगर्नुपर्ने, यातायातका साधन पुर्ण सिट क्षमतामा चल्नपाउने गरी खुकुलो पार्ने सरकारी सञ्चारमाध्यममा जनाइएको छ । तर भित्र अरूहरूसंग रहनुपर्दा मास्क लगायतका सावधानी अपनाउनै पर्ने र उलंघन गर्दा हुने जरिमाना पनि यथावत रहने जनाइएको छ ।

 

(ग) मध्यपुर्ब

३- कोभिडको स्थिति नियन्त्रणमा आएपछि कतारले सामान्य अवस्थामा फर्किन कूल २८ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू (PHCC) जसलाइ कोभिड उपचारका लागि प्रयोग गरिएको थियो मध्य एउटा (रावदात) केन्द्रलाइ मात्रै कोभिड सेवा जारी राख्ने गरी बांकि २७ वटा स्वास्थ्य सेवा केन्द्रहरूलाइ कोभिड पुर्बको अवस्थामा झैं नियमित सेवा प्रदान गर्न दिने भएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Air Pollution in Delhi is worsens in winter in particular. Air Quality Index (AQI) of Delhi in September 18 was 69 but it reached to 198 today (15 October). AQI upto 50 is considered safe, 51-100 is satisfactory, 101-200 is moderate, 201 to 300 is poor, 301-400 is very poor & 401-500 is considered severe.

Meanwhile, Delhi Environment Minister Gopal Rai on Thursday said that the Delhi Government will start the ‘Red Light on Gaadi Off’ campaign from October 18 with an aim to tackle air pollution and the first phase of the campaign will run till November 18.

Situation is similar, sometimes even worse in Nepal’s capital city Kathmandu too where preventive & corrective actions are badly needed.

Leave a Reply