श्रमिक सूचना र सन्देश – ५३५

१४ अक्टोबर २०२१

 

(क) नेपाल

१- तनहुंको दमौली नजिकै दुले पहरामा १४० मिटर अग्लो बांध निर्माण गरी सुक्खा याममा पनि उत्पादन नघट्ने १४० मेगावाट क्षमताको तनहुं जल बिद्युत परियोजनाको काम दशैंमा समेत नरोकिएर चलिरहेको छ । चिनिया कम्पनी सिनो हाइड्रोले निर्माण गरिरहेको यो परियोजनाले सुक्खा याममा राष्ट्रिय बिद्युत उत्पादन घट्दा भारतबाट बिद्युत आयात गर्नुपर्ने अवस्था निवारण गर्नेभएकाले उच्च प्राथमिकतामा राखी निर्माणाधिन रहेको छ ।

(ख) साउदी अरब

२- साउदी अरबका लगानी मन्त्री खालिद अल फालिहले सन् २०३० सम्म साउदी अरबको गार्हस्थ उत्पादन ६.४ ट्रिलियन रियाल बनाउने र लगानी पनि बढाएर १२ ट्रिलियन पुराइ बिश्वकै प्रमुख १५ ठूला अर्थतन्त्रमा साउदी अरबलाइ स्थापित गर्ने बताएकाछन ।

(ग) मध्यपुर्ब

३- एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी बनेका कुल आचार्यले बर्तमान कार्यसमितिले संघलाइ बिघटनतर्फ लगेको तर आंफू यसको बचाउमा लागेको बताएका छन । ‘परराष्ट्र मन्त्रालय र नेपाली कांग्रेस पार्टीलाई संस्थाको आन्तरिक मामिलामा आमन्त्रण गरेको कसले हो ?’ भन्ने एउटा प्रश्नमा आचार्यले भने- “हिजो केपी ओलीले फ्रान्समा हाम्रो उम्मेदवार फलानो हो भन्दा राजनीति भएन ? आफ्ना पक्षकालाई जिताउन सुभाष नेम्वाङ, वृन्दा पाण्डे र युवराज चौलागाइँको समिती बनाउँदा राजनीति भएन ? भन्ने प्रतिप्रश्न गर्दै संघको कार्यकाल थपेर महाधिवेशन सार्ने निर्णय समेत अबैध र असांगठनिक तवरमा गरेर झुक्याउन खोजेकोमा समेत आपत्ति प्रकट गरेकाछन । उनले भनेकाछन – सचिवालयले आइसिसीको बैठकका लागि एजेण्डा तय गर्न सक्दछ, निर्णय नै गर्न सक्दैन ।

यसैबिच आप्रबासी कामदार समाज नेपालका तर्फबाट महासचिव डा. हेमराज शर्मालाइ साउदी अरबमा मतदाता सूची नै सार्वजनिक नगरी एकपछि अर्को अधिवेशन भएका छन, यस्तो प्रबृत्ती र अभ्यास कसरी  बैध र मान्य हुनसक्छ ? भन्ने प्रश्नको जबाफमा संघले पञ्जिकृत सदस्यहरूको नामावली सबैले संधै हेर्न मिल्नेगरी MISमै राखिदिएको छ, तर साउदी अरबमा, त्यहांको बिधानमा एनसिसीको निर्वाचनका लागि “प्रत्यक्ष नभइ समानुपातिक प्रणाली रहेको” बारे आंफू अवगत नभएको बताए । आइसिसीको महासचिव र बिधानबिद भएर पनि यस्तो अनभिज्ञता ब्यक्त गरेपछि नैतिकताका आधारमा राजिनामा किन नदिने या हामीले किन नमाग्ने? भन्ने अर्को प्रश्नको जबाफ नदिइ उनि मौन बसेका छन।

(घ) अन्तराष्ट्रिय (International)

4-  Labor Secretary of Philippines, Silvestre Bello III on Wednesday warned he will again push for a deployment ban on Saudi Arabia if it refuses to settle the billions’ worth of unpaid wages and benefits of overseas Filipino workers (OFWs).

In a briefing, Bello said the Middle Eastern country still hasn’t paid the claims of thousands of OFWs who were repatriated in 2016 after their employers did not pay them — some, for as long as two years.

According to the Labor chief, the total claims amount to ₱4.6 billion, CNN reported.

Leave a Reply