श्रमिक सूचना र सन्देश – ५३३

१२ अक्टोबर २०२१

 (क) नेपाल

१- नेपाल बिद्युत प्राधिकरणले ८५ हजार घरमा स्मार्ट मिटर जडान गरिसकेको र यी मध्य ८० हजार एक्टिभेट भएर सञ्चालनमा आइसकेको जनाएको छ । यसबाट अब कर्मचारी घर घरमा मासिक मिटर रिड गर्न जानुनपर्ने, ग्राहकले एपबाटै खपत हेर्नसक्ने, मोबाइलबाटै बिल तिर्न सक्ने, बिल नतिर्दा डिजिटल्ली लाइन काटिने र शुल्क तिर्न बित्तिकै तत्काल बिना कर्मचारी स्मार्ट टेक्नोलोजीबाटै तत्काल जोडिने, चुहावट र अनधिकृत खपत तथा किफायत गरी चलाउनसकिने सबै सम्भावनाहरू सहज भएकाछन ।

 

(ख) साउदी अरब

२- साउदी अरबको सञ्चार तथा सूचना प्रबिधि आयोग (CITC) ले यहांको ३ वटै मोबाइल सेवा प्रदायकहरू (STC, Mobily & Zain) संग संयुक्त सहकार्य गर्दै साउदी अरबका करिब २१,००० दुर दराजका गाउं बस्तीहरूमा बिना अतिरिक्त शुल्क लोकल रोमिङ सेवा दिनका लागि तेस्रो चरणको थालनी गरेको छ । साउदी अरब भित्रको भूगोलमा जो जहां भए पनि सबैलाइ सञ्चारका सबै सुबिधाहरू (फोन, इन्टरनेट र एसएमएस) को सहज पहुंच दिलाउन सरकारी पहलमै यो बिशेष अभियान चलिरहेको छ ।

 

(ग) मध्यपुर्ब

३- कोभिडबाट मुक्त हुंदै गर्दा खाडीका २ मुलुकहरू युएइ र कतारमा निर्माण गतिबिधिहरूमा बृद्धी हुने संकेत देखिन थालेका छन । युएइ सरकारले नै आफ्ना नागरिकहरूका लागि बिशेष आवासका मेगा परियोजनाहरू सञ्चालन गर्दैछ । कतारमा पनि त्यहांका २ राष्ट्रिय मेगा प्रोजेक्टहरू (मेट्रो र स्टेडियम) सम्पन्न हुंदै गर्दा अब आवास परियोजनाहरूले गति लिन लागेको देखिएको छ । गतः अगस्त भन्दा सेप्टेम्बरमा कतारको नगरपालिकाले भवन निर्माणका लागि दिएका स्वीकृतिमा बृद्धी देखिएको छ र बृद्धी नयां बस्ती तथा क्षेत्रहरूमा बढी देखिएको छ द दोहा ग्लोबले उजागर गरेको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Qatar Media Corporation (QMC) is planning to launch a TV channel in English targeted at expatriates in the country, which will serve as a cultural bridge between expats and citizens.

Channel 37 will be equipped with 4K technique and will start airing by the third quarter of next year, the Director of TV Channel 37, Ali Tawar Al Kuwari, said in a programme on Qatar TV.

 

 

 

Leave a Reply