श्रमिक सूचना र सन्देश – ५३२

११ अक्टोबर २०२१

 (क) नेपाल

आज अक्टोबर ११ तारिख जसलाइ एनआरएनएले आफ्ना स्थापना दिवस भनेर मनाउने गर्दछ । आज पनि केहीले बिहानै नेपालमा पशुपतिनाथ मन्दिरमा गएर पुजाआजा गरी यो दिवस मनाएकाछन । तर आजै एनआरएनएले आफ्नो कार्यकारी सचिवालयको बैठकबाट आसन्न दशौं अन्तराष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । यसो हुनुको प्रमुख कारण एनआरएनएको बर्तमान कार्यसमिति नै हो जसले अनेक धांधली, अनियमितता र भ्रस्टाचार नै गरेर फोहरी राजनीति समेत गर्दै अनेकन बिकृति भित्राएर संस्थालाइ इतिहासमै पहिलो पटक अति नै बिवादित र अबिश्वनिय बनायो र उजुरीहरू नियामक मन्त्रालय परराष्ट्रमै पुगे र मन्त्रालयले आफ्नो अख्तियारी प्रयोग गर्दै संघलाइ कार्बाही गरेको छ । संघका एक संस्थापक प्रा.डा. सूर्य सुवेदी जो संघको जन्मभूमी (बेलायत)लाइ नै आफ्नो कर्मभूमि बनाएर आफ्नो बिद्वता र क्षमताका कारण अन्तराष्ट्रिय ख्यातिप्राप्त छन, जो संघको संस्थापक बिधानका मस्यौदाकार नै हुन, ले “आफू प्राज्ञिक ब्यक्ति भएकाले संसारलाई ज्ञानगुनका कुरा बाँड्नुपर्नेमा फोहोरि राजनिति र खराब मानिसहरुको भिडमा बस्न नहुने ठानेर अलग्गिएको” बताएकाछन, उनले सन २०१५ देखि नै एनआरएनएको पञ्जिकृत सदस्यता समेत लिएकाछैनन, अर्थात संस्था नै त्याग गरेकाछन ।

(ख) साउदी अरब

२- साउदी सरकारले कोभिड भ्याक्सिनको पहिलो डोजको रोग प्रतिरोध क्षमता ९० दिनमात्रै हुनेगरी तावाक्कल्ना एपमा अपडेट गर्ने भएको छ, यस अघि यो म्याद १८० दिनको थियो । यसको अर्थ अब एपमा ९० दिनपछि Immune by first dose डिस्प्ले हुने छैन र वास्तवमा दुबै डोज नलगाएकालाइ सार्वजनिक यात्रा र सबै सरकारी कार्यालयहरूमा समेत प्रबेश निशेध गरिसकिएको छ र सबैलाइ भ्याक्सिनका दुबै डोज लिएर Fully immune बन्न बारम्बार अपिल गर्ने गरेको छ ।

 

(ग) मध्यपुर्ब

३- कुवेत जान, पठाउन खोजिएका १७ जना नेपाली महिलाहरू युएइमा अलपत्र परेको खबर छ । उनिहरूलाइ भिजिट भिषामा दलालहरूले जनही रू. १,६०,००० असुलेर युएइ ल्याइ अलपत्र पारेका हुन । यस्तै दलाली गरेरै ओमान पठाइ दुखमा परेकी दाङकी सुशीला बुढाको उद्धार अझै हुनसकेको छैन । मिथिला एकता समाजले शुरू गरेको उद्धार प्रयासमा ओमानस्थित नेपाली राजदूतावास, युएइमा कृयाशिल अभियन्ता आशा लामा र आप्रबासी कामदार समाजले पनि अद्यापी प्रयास जारी राखेको अवस्था छ । तर यसै बिच सुशीलाको दलालीमा संलग्न दलालले पनि उद्धार प्रयास गरिरहेको जनाएता पनि उनलाइ ओमानसम्म पुर्याउंदा कुनै गलत भएको स्वीकारोत्की र आत्मबोध छैन, स्वयमको त्यो खाले धन्धा बैध या अबैध के हो? र स्वयमको संलग्नता कानुनी, नैतिक र सामाजिक कसीमा कति उचित हो या हैन, पिडित उत्पिडनमा परेर रोइ पुकार गर्दा पनि कुनै पनि आत्मसमिक्षा या आत्मालोचना छैन । यसको अर्थ कानुन स्वयममा कोमामा छ या यी केही मानिसहरू स्वयमलाइ कानुनभन्दा माथि ठान्छन या कानुनलाइ खल्तिमा राखेर किनबेचको बस्तु बनाएका छन, जे भएपनि यी दण्डनिय दुर्भाग्य हुन ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Department of Foreign Employment (DoFE) of Nepal has published list of 354 finally selected workers for Israel. The list is downloadable from this link: https://dofe.gov.np/Modules/News/Document/OriginalDocument/Document_2021101105061.pdf

 

 

 

Leave a Reply