श्रमिक सूचना र सन्देश – ५२८

७ अक्टोबर २०२१

 (क) नेपाल

१- इण्डष्ट्रीयल ग्लोबल युनियनमा आवद्ध बारा र पर्सा औद्योगिक करिडरका मजदुरहरुले नेपालले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को अभिसन्धि १९० अनुमोदन गर्दै कार्यक्षेत्रमा हुने यौन हिंसा र यौन उत्पीडन (Sexual Harassment) रोक्न माग गरेका छन् । 

(ख) साउदी अरब

२- साउदी अरबको भ्रस्टाचार निवारण प्राधिकरण (Nazaha) ले एकै महिना (सफर) मा ९ वटा मन्त्रालयमा कार्यरत कूल २७१ जना साउदी तथा आप्रबासीलाइ भ्रस्टाचार तथा अनियमित कार्यमा संलग्न रहेको पाएपछि पक्राउ गरी कानुनी कार्बाही चलाएको साउदी गजेटले जनाएको छ । नजाहाले यस्तो सूचना गोप्य तवरमै दिन दिनहु जसो मास एसएमएस गरी टोल फ्रि नम्बर नै प्रयोगमा ल्याएको छ । यसले भ्रस्टाचार बिरोधी अभियानलाइ तिब्र पार्दै हजारौ स्थानमा छापा मार्दै जांचबुझ गरिरहेको छ । नेपालका लागि पनि यस्तो अभियान निकै आवश्यक र अनुकरणीय छ ।

 

(ग) मध्यपुर्ब

३- कतारले यहि अक्टोबर १० तारिखदेखि डिसेम्बर ३१ तारिखसम्म कतारको आवासिय कानुन उलंघन गरेका तथा कागजात नभएर या म्याद सकिएर, जरिमाना तिर्न नसकि नविकरण गर्न नसकेका सबैलाइ सहुलियत, छुट, माफीका लागि नजिकको सम्बन्धित सरकारी कार्यालयमा दिनको १ बजेदेखि ६ बजेभित्र पुगि यो अवसरको फाइदा लिन सूचित गरेको छ । यसलाइ आममाफी नै भन्न त मिल्दैन तर आफ्नो कानुनी हैसियत सच्याउने यो उत्तम अवसर अवश्य हो, सबै आप्रबासीले यो सरकारी सहुलियत र सुविधाको उपयोग गर्न बाञ्छित देखिन्छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Mark Zuckerberg, Facebook founder & CEO has revealed a quote

“We make money from ads, and advertisers consistently tell us they don’t want their ads next to harmful or angry content.”

 

Leave a Reply