श्रमिक सूचना र सन्देश – ५२१

३० सेप्टेम्बर २०२१

 (क) नेपाल

१- काठमाडौ एअरपोर्टमा “सुनको बाला काण्ड” को सृंखला जारी रहेको छ । हिंजो फेरी १५ जनाबाट २४ वटा बाला र १ सिक्रि गरी कुल ७५० ग्राम भञ्सार छलिएको सुन बरामद गरिएको छ । उक्त सुन बोक्ने सबै अरूका भरिया थिए जो मलेशियाबाट र दुबइ बाट काठमाडौ उत्रेका थिए । एअरपोर्ट प्रहरीले शंका लागि ती १५ जनाको पिछा गर्दै यो काण्ड पत्ता लगाएका हुन । सबै सुन जफत गरिएको छ ।

(ख) साउदी अरब

२- साउदी अरबको जवाजात (पासपोर्ट) अफिसलाइ सोधिएको एक प्रश्नको ट्वीटरमा उत्तर दिंदै भनेको छ, रोजगारदाता (स्पोन्सर)ले चाहेमा साउदी बाहिर रहेकै अवस्थामा पनि अनलाइन पहुंच र प्लेटफर्मको प्रयोग गर्दै तोकिएको फि चार्ज तिरेर आवासीय अनुमति पत्र (इकामा) नविकरण गर्न सक्नेछन ।

 

(ग) मध्यपुर्ब

३- कतारमा पनि अक्टोबर ३ तारिख देखि बिद्यालयहरूमा कोभिड सावधानी अपनाउंदै भौतकि उपस्थितिमै नियमित पठन पाठन हुनेभएका छन । साथै कतारले ५० बर्ष उमेर पुगेकालाइ कोभिड भ्याक्सिनको बुस्टर डोज पनि लगाइदिने भएको द दोहा ग्लोबले जनाएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Nepalis visiting a Gulf country, a SAARC member state, Malaysia or Thailand needs only USD 250 to carry with them to leave the country on a visit visa.

 

This Post Has One Comment

  1. Bidur poudel

    घरयासी प्रयोजन को लागि साउदी बाट कति सुन कुन माध्यम बाट ल्याउन पाइन्छ?

Leave a Reply to Bidur poudel Cancel reply