श्रमिक सूचना र सन्देश – ५२०

२९ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- नेपाल नागरिक उड्डयन प्राधिकरणले अंग्रेजी नयां बर्ष अर्थात १ जनवरी २०२२ देखि नै पोखरा बिमानस्थलबाट अन्तराष्ट्रिय उडान थाल्ने तयारी गरेको छ । कान्तिपुरले जनाए बमोजिम शुरूमा पोखराबाट हंगकंग, दिल्ली, दोहा र थाइल्याण्डमा उडान हुनसक्नेछन । यो बिमानस्थलमा मध्यम दुरीका १५०-१८० सिट क्षमताका न्यारोबडी जहाजहरूले उडानगर्न मिल्नेछ ।

(ख) साउदी अरब

२- साउदी अरबको ताइफमा सरकारी अस्पताल परिसर भित्रै अबैध क्लिनिक खोली एक आप्रबासी महिला डक्टरले गर्भपतन गराउने गरेको फेला पारेपछि निज डक्टरलाइ पक्राउ गरी कानुनी कार्बाही चलाइएको छ । साउदी अरबमा गर्भपतन (Abortion) अबैध छ । साउदी गजेटका मुताविक निज डक्टरले साउदी अरबको कानुन त उलंघन गरिन नै, उनले अपनाएको गर्भपतनको बिधि, उपकरण र स्वास्थ्य सुविधा पनि असुरक्षित थिए जसकारण महिलाको स्वास्थ्य नै जोखिममा पर्ने देखियो । यसको अनुसन्धान र सत्य तथ्य पत्ता लगाउन एक साउदी सुरक्षाकर्मी नै सेवाग्रही बनी निज लेडिज आप्रबासी डक्टरसंग सम्वाद गरेकाथिए ।

(ग) मध्यपुर्ब

३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितवनकी रेणुका पाठकलाइ ३०० ग्राम वजन भएका ६ वटा सुनका बालासहित काठमाडौ महानगरिय प्रहरीले एअरपोर्टको पार्किङ एरियाबाट प्रकाउ गरेको छ । उनि सुन संकलक हुन जसले सिन्धुपाल्चोक घर भएका विवेक बस्नेत, काभ्रेका जीवन लामा, इलामका मिलन यल्मो र रामेछापका रुद्र मगरले दुबइबाट ल्याएका सुनका बाला संकलन गरेकीथिइन । विदेशबाट फर्किँदा भन्सार ऐन अनुसार ५० ग्राम सुनका गहना ल्याउन पाइन्छ । सुन तस्करहरूले सो प्रावधानको दुरुपयोग गरेर विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर ल्याउने र विमानस्थलमा सङ्कलन गर्ने गरेको पाइन्छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Cardio-Vascular Diseases (CVDs) are solely responsible for 26.9 per cent of the total deaths and 12.8 per cent of total disability-adjusted life years (DALYs) in Nepal. There are 6 elements of a modern lifestyle that may be contributing to heart problems in Nepal which are:

  • Use of tobacco
  • Alcohol consumption
  • Unhealthy diet
  • Insufficient physical activity
  • Irregular sleep
  • Multitasking and overworking

Leave a Reply