श्रमिक सूचना र सन्देश – ५१६

२५ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- आंफूसंग रहेको नगद रकम रू.९५ लाखको स्रोत खुलाउन नसक्दा गए राती नागढुंगामा काठमाडौ महानगरिय प्रहरीले २ जनालाइ पक्राउ गरी अनुसन्धान चलाएको छ । चितवनबाट ग१ख ६६४५ नम्बरको माइक्रोमा सवार सागरबाट ४५ लाख र कृष्णबाट ५० लाख नगद सहित यी दुइ पक्राउ परेका छन ।

 

(ख) साउदी अरब

२- न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्र संघको ७६औं साधारण सभामा साउदी अरबका बिदेश मन्त्रीले कतारका समकक्षी र इरानका लागि अमेरिकाका बिशेष दुतसंग महत्वपूर्ण भेटवार्ता गरेको SPA ले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३- NRNA को चुनाव नजिकिदै गर्दा कैयन उम्मेदवारहरू मैदानमा देखिइसकेकाछन । यस पटकको चुनाव नै अनलाइनमा हुनेभएर पनि होला, उम्मेदवारहरू पनि अनलाइन मिडिया र बिशेषतः सामाजिक सञ्जालमै बिभिन्न ग्रुपहरूमा फोटो प्रदर्शनी जस्तो लाग्नेगरी मुद्धाबिहिन अनुहारहरू नै छरपस्ट छरिदैछन । त्यसो त एनआरएनए अभूतपुर्ब रूपमा बिवाद र अभियोगमा मुछिएपछि अहिले पद्धति र पारदर्शिता माग्नेहरू नै लोकप्रिय हुने समय छ । यसैबिच तेस्रो लोकप्रिय शब्द “रूपान्तरण” को एजेण्डा बोकेर पनि एक उम्मेदवार मैदानमा उत्रिएकाछन । उनि हुन मध्यपुर्ब क्षेत्रिय संयोजकका उम्मेदवार होमनाथ शर्मा । उद्धार न्युज डट कम मार्फत सार्वजनिक गरिए बमोजिम संस्थामा रूपान्तरण ल्याउने उनको मुल लक्ष हाशिल गर्न उनले बोकेका प्रतिबद्धताहरू यस्ता रहेकाछनः

     मध्यपुर्बमा संस्थाको गिर्दो साख माथि उठाउने

     निस्कृय एनसिसीहरूलाइ पुनः जगाउने

     श्रमिकका कानुनी अधिकार, न्याय र सुविधा सुरक्षित र सुनिश्चित पार्ने

     वैदेशिक रोजगारमा कानुनको अक्षरशः कार्यान्वय गर्ने गराउने

     वैदेशिक रोजगारमा बिद्यमान न्याय प्रणाली सुधार्ने र पीडितको उद्धार र क्षतिपूर्तिमा प्रभावकारी तुल्याउने

     श्रमिक सचेतना, शिप अभिबृद्धी गर्दै वृत्ति बिकासमा सघाउने

     संस्थालाइ कामदारमैत्री बनाउन र श्रमिक सहभागिता बढाउन शुल्क घटाउने, सदस्यता संधै खुला राख्ने

     संस्थालाइ पुर्ण पारदर्शी र बिधि बिधानसम्मत सञ्चालन गर्न पद्धति सुधार्ने

     प्रत्येक पीडितका केशमा पीडक र पीडाका कारण खोज्दै तिनलाइ निर्मुल पार्ने

4- कतार बाहिरै कोभिड भ्याक्सिन लगाइ कतार आउनेहरूका लागि कतारले यस अघि लगाएको १० दिने क्वारेन्टाइन अवधि अब घटाएर २ दिन बनाएको छ तर होटलबाट डिश्चार्ज हुनुअघि PCR टेस्टमा नेगेटिभ देखिनुपर्ने र एण्टिबडी टेस्टमा पोजिटिभ देखिनुपर्नेछ ।

 

(घ) अन्तराष्ट्रिय (International)

5- Nepal has imported fruits of worth 5.3 billion rupees in just first 2 months of the current fiscal year. Banana from India & Apple from China are the first 2 major imported fruits which could be & should be replaced by domestic products in the days ahead in Nepal.

Leave a Reply