श्रमिक सूचना र सन्देश – ५१५

२४ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- नेपाल आउने पर्यटकहरूलाइ सरकारले अनअराइभल भिषा दिने र क्वारेन्टाइनमा पनि बस्ननपर्ने निर्णय गरेपछि पर्यटन ब्यवशायमा संलग्नहरूमा राहत र खुशी छाएको छ । पर्यटकहरूले कोभिड भ्याक्सिन लगाएको र ७२ घण्टाभित्रको PCR टेस्ट नेगेटिभ रिपोर्ट भने देखाउनै पर्ने नियम छ ।

(ख) साउदी अरब

२- साउदी अरबमा हिंजो सम्पन्न राष्ट्रिय दिवस (Saudi National Day) समारोहमा साउदी अरबको इतिहासमै पहिलो पटक महिला सैनिकहरूले मार्चपास गर्दै परेडमा सामेल भएको अल अरबियाले जनाएको छ ।

(ग) मध्यपुर्ब

३- इरानले जेल परिसरमै कैदिहरूको रोजगारी बढाएर ८०% बनाउने तेहरान टाइम्सले जनाएको छ । प्रायः कैदीहरू लागु औषधी बेच बिखन, ओसार पसार र सेवनमा थुनिएका र यिनै अपराधीहरूकै कारण इरानको समाजमा पारपाचुके, हिंसा र लुटपाट बढेको परिप्रेक्षमा लामो काराबास र सोही अवधिमा शिप प्रशिक्षण दिएर उत्पादन मुलुक कार्यमा जोडेपछि इरानको समाजमा सकारात्मक र रचनात्मक सुधार आउने अपेक्षा गरिएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- The Ministry of Foreign Affairs of Kenya has recommended a temporary ban of recruitment and export of domestic workers to Saudi Arabia until adequate protection measures are put in place.

Foreign Affairs Principal Secretary Macharia Kamau told MPs that it had written to the Labour Ministry in July to impose a temporary blockade.

(ङ) कोरोना बिशेष (पाक्षिक)

५- हामीले अनुगमन गरिरहेका मुलुकहरूमा कोभिड १९ को पाक्षिक अन्तरालमा अद्यावधिक स्थिति हेर्दा समग्रमा सुधार देखिएको छ । ताजा तथ्यांकहरू टेबलमा छन ।

Leave a Reply