श्रमिक सूचना र सन्देश – ५१४

२३ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- अब फेरी बिदेश नजाने भनि स्वदेशमै च्याउ खेति थालेका स्यांग्जा आंधिखोलाका बिक्रम सुवेदी मुलतः कोरोना सृजित लकडाउनका कारण ब्यवशाय डुबेर रू. १२ लाख ९० हजार ऋण लागेपछि अब सोही ऋण तिर्न समेत फेरी बिदेश जाने निर्णयमा पुगेकाछन । उनले उत्पादन गरेका च्याउले बजार नपाएपछि खाल्डो खनि पुर्नुपरेको थियो, ऋण तिर्न र जग्गाको भाडा तिर्न नसकेपछि अहिले उनि च्याउ खेतिका लागि बनाएका टहराहरू भत्काइरहेकाछन । कतारमा काम गर्दा उनी गार्डबाट गार्डेनर समेत बन्दै तलब बढाउन समेत सफल भएकाथिए, तर श्रीमति र स्वयमको समेत चाहनामा उनले कतारको रोजगारीलाइ स्थगित गरेका थिए । श्रीमति अझै पनि “बाख्रा पालौं” भन्दैछिन तर बिक्रम अब निराश बनिसकेकाले त्यो आंटगर्न सक्ने अवस्थामा छैनन । बिक्रम वास्तवमा प्रतिनिधि पात्र हुन। नेपालमा अहिले धेरैले यो नियति भोग्नुपरिरहेको छ र वैदेशिक रोजगार अद्यापी धेरैका लागि बाद्यात्मक बिकल्पका रूपमा रहिरहेको छ । जुनै सरकार आएपनि यो स्थितिलाइ यथार्थमा फेर्न सकेकाछैनन । स्वास्थ्य सुविधा र भ्याक्सिनले कोरोनाको महामारी त निको होला तर यसले बिक्रम जस्ता धेरै ब्यवासायीहरूको ब्यवसायमा पारेको घाउ कसले कसरी निको पार्ने? अबको प्रश्न यो रहेको छ ।  

(ख) साउदी अरब

२- प्रतिबन्धित मुलुकमा रहेका प्रतिबन्ध अवधिमै म्याद सकिएका इकामा तथा एक्जिट रिइन्ट्रि भिषाका म्याद आगामी नोभेमबर ३० तारिखसम्म बढाइने भएको छ। भिषाको भ्यालिडिटी चेक गर्न यो लिंकः https://muqeem.sa/#/visa-validity/check मा जानसकिन्छ ।

(ग) मध्यपुर्ब

३- कतारस्थित भारतिय दूतावास मातहतमा स्थापित तथा सञ्चालित भारतिय सामुदायिक परोपकारी मञ्चले एक ड्राइभर केरलाका लिन्टो थमस लाइ ससम्मान मानार्थ सदस्यता प्रदान गरेको छ । थमसले आफ्नो ड्युटी बाहेकको समयमा बिपतमा परेका असहायहरूलाइ आफ्नो निजि कारमा निशुल्क यातायात सेवा दिदै आएकाछन । उनको यो सेवा लिनेमा काम(जागिर)को खोजीमा भौंतारिएका तर ट्याक्सी चढ्न खल्तीमा रकम नभएका देखि बिजनेश डुबेर टाट पल्टिएका, ऋणमा डुबेका बिजनेशमेनको परिवारलाइ स्वास्थोपचारका लागि अस्पताल पुर्याइदिने र भोकमरीमा पिल्सिएकी फिलिपिनो महिलालाइ साथी संगिनिले चन्दा सहयोगमा दिएका खानेकुरा उनको कोठासम्म पुर्याइदिनसम्म रहेको थमसले बताए । थमस स्वयम कतारमा १३ बर्ष अघि यिनै दुखबाट गुज्रिएकाले सबैका दुखलाइ आफ्नै  सम्झी यो सेवा भ्याएसम्म दिइरहेकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- The head of the UN food agency is warning that 16 million people in Yemen “are marching towards starvation” and says food rations for millions in the war-torn nation will be cut in October unless new funding arrives.

Leave a Reply