श्रमिक सूचना र सन्देश – ५०२

११ सेप्टेम्बर २०२१

 (क) नेपाल

१- नेपालमा बिदेशी लगानी पछिल्लो १ बर्षमै ४९% बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा वैदेशिक लगानीकर्ताहरुले प्रतिफलबापत १२ अर्ब ९० करोड रुपैयाँ आफ्नो देश फिर्ता लगेका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी अध्ययनका अनुसार गत आर्थिक वर्षमा १९ अर्व ५ करोड रुपैयाँ वैदेशिक लगानीका रुपमा भित्रिएको छ भने अघिल्लो वर्षमा १३ अर्व एक करोडमात्र भित्रिएको थियो ।

(ख) साउदी अरब

२- साउदी अरबले मौजुदा कानुन संशोधन गर्दै कुनै पनि मन्त्रीले कुनै पनि कम्पनीको बोर्डको अध्यक्षता गर्न र सदस्य समेत रहन नपाउने नियम बनाएको आर्गमले जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३- सेटिङमा दोहोरो लुट मच्चाउन निकै चलखेल भएपछि कतार सरकारले नै नेपालीका लागि दिन लागेको ५ हजार प्रहरी र ३ हजार सुरक्षा गार्डको रोजगारी अहिले धरापमा परेको खबर छ । शिलापत्रले लेखे बमोजिम कतार सरकारको सम्बन्धित मन्त्रालयले नै प्रहरीका लागि जनही ९०० डलर र सुरक्षा गार्डका लागि ६०० डलर म्यानपावर एजेन्सीलाइ सेवा शुल्क दिंदैथियो तर म्यानपावर एजेन्सीले आफ्ना एजेन्ट मार्फत प्रहरीका लागि जनही रू. ७ लाख र सुरक्षा गार्डका लागि रू. ४ लाख असुल्दै गर्दा म्यानपावर एजेन्सीहरूकै बिचमा समेत बिवाद सृजना भयो र कतार सरकारले नै सेवा शुल्क दिएका रोजगारीमा समेत फेरी नेपाली कामदारहरूबाट समेत लाखौका दरमा असुल्दै कानुन बिपरित अर्बौ कमाउने योजना अहिले जटिल मोडमा पुगेको छ । कामदारहरू यसरी ठगिदै लुटिदै गर्दा पनि रोजगारको सम्भावित अवसर नै गुम्ने भयमा कतै उजुरी नगरी बसेकाछन । बिधिको शासन र कानुनको कार्यान्वयन भएको भए यो अवस्था पक्कै आउने थिएन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Estimating that Nepal will produce surplus electricity after the 465-megawatt Upper Tamakoshi Hydropower Project begins full operation, the Nepal Electricity Authority Managing Director Kul Man Ghising has met several officials in India to explore power sale opportunities there.

The Ghising-led team is currently in India to find a market for the surplus power to be produced in the monsoon next year.

Ghising says the team has made some good progress about selling electricity to India and Bangladesh.

 

Leave a Reply