यसरी फर्काउ स्वदेश

१२ मइ २०२०

प्रमोद लामिछाने

कोरोना जन्य परिस्थिती

अहिले मानबिय बिपत्ति, कोभिड -१९ बाट विश्व आक्रान्त छ, तुरुन्तै यसको निराकरणको उपाय पनि देखिएको अवस्था छैन | बिकशीत देशहरु आफ्ना नागरिक बिदेशमा समस्यामा नपरुन भन्ने मनशायले मानवीय सदाशयता राख्दै स्वदेश फिर्ता हुन चाहाने आफ्ना सबै नागरिकहरुलाई कतिपय देशहरुले फिर्ता गरिसकेको र कतिपय देशहरुले  गर्दै आइरहेका छन् | यसको अर्थ, सामान्य रुपमा पनि यो परिस्थिति छिट्टै समाधान हुन गारो छ, भ्याक्सिन पत्तालगाएर समस्याको  उपचार हुन सक्ने अवस्था आयो भनेपनि औषधिको सर्वसुलभता, राष्ट्रको अर्थतन्त्र, रोजगारी को स्थिति आदि बिषयहरु तत्काल सामान्य अबस्थामा आउन केहि समय लाग्न सक्छ भन्ने बुझ्नु पर्ने हुन्छ |

 

हाम्रो अवस्था

हाम्रो देश नेपाल अपार जलश्रोत,प्राकृतिक सम्पदा र सौन्दर्यता आदि  धेरै कुराले धनि हुदाहुदै पनि आर्थिक रुपले हामी बिपन्न छौ, लामो समय देखि देशको बागडोर सम्हालिरहेका नेतृत्व तह, नीतिनिर्माण तहमा बस्नेहरु, कार्ययोजना बनाउने, गर्ने, गराउनेहरुबाट उपयुक्त र सहि निर्णय तथा कार्यान्वयन गर्न सक्ने क्षमता नभएर हो वा नजानेर हो हाम्रो देशले आर्थिक उन्नतिको बाटो समाउन सकेन, हामि सधैँ गरिबीको र विपन्नताको पर्यबाची भैरह्यौ | बैदेशिक रोजगारीमा रहने तमाम् हामीहरु त झनै पिडित छौ नै | अन्यदेशको हामी प्रतिको धारणा, हेर्ने दृष्टिकोण, देश हेरेर गरिने मुल्यांकन, देश हेरेरै निर्धारण गरिने हाम्रो सुबिधा र तलबमान तथा देश हेरेरै गरिने हाम्रो विज्ञता र कार्य दक्षताको मुल्यांकन ले हामीलाई झनै दुखित्  तुल्याउछ | यी यावत कुराको बाबजुद आफ्नो परिवारको गास बास र कपासको लागि हामि खाडी लगायत विश्वका धेरै देशहरुमा सस्तो श्रम बेचिरहेका छौ | स्वदेशमा रोजगारीको अन्य कुनै उपाय नभएर नै हाम्रों पौरखी युवा शक्ति बिदेशिएका हो, स्वदेशको बिकाश गर्नु पर्ने पौरखी हातले विदेशको बिकाश गरिरहेको छ | यहि परिवेश परिस्थितिमा जेनतेन चलिरहेको यो हाम्रो रोजिरोटि पनि अब अधिकांशले गुमाउदै छौ यहि कोरोना कहर को कारणले | कतिको ज्यानै गुमिसक्यो, कति अस्पतालको बेडमा छटपटाइ रहनुभएको छ |  रोजगारी गुमाउनु भएका, असुरक्षित अबस्था रहनुभएका, काम बन्द भएर खाना बस्न को पनि अभाबमा रहनु भएका र समस्यामा पर्नु भएका नेपालीहरु दिनानुदिन बढ्दै हुनुहुन्छ | निकट भविष्यमा अरु धेरैले रोजगारीबाट हात धुनु पर्ने अवस्था देखिएको छ | नेपाल सरकारले पिडामा हुनुभएका, तत्कालै गास बास र कपासको समस्यामा पर्नु भएका नेपालीहरुलाई सकेसम्म छिट्टै स्वदेश फिर्तीको पहल गर्नु पर्ने देखिन्छ, यो प्रक्रिया यदि केहि दिन लम्बियो भने झन्  बिकराल परिस्थिति आउन सक्छ, हामि जस्तै बैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकहरुलाई भारत, पाकिस्तान बंगलादेश, फिलिपिन्स, श्रीलंका जस्ता राष्ट्रहरुले दुखमा भएका र रोजगारी खोसिएका नागरिकलाई प्राथमिकताको आधारमा फिर्ता लैजान शुरु गरि सकेका छन्  | यहाको अवस्था अब जति ढिला गर्यो त्यति रोजगारदाता कम्पनीहरु  बन्द हुदै छन्, दैनिक रुपमा पिडितको संख्या बढ्दै जाने छ | अहिलेकै अबस्थामा छिटो भन्दा छिटो स्वदेश फिर्ता लैजाने व्यवस्था गर्न सके प्राय धेरै रोजगार दाताले हवाई टिकट, तलब तथा उपादान (सर्भिस मनि ) दिन सक्छन् | स्वदेश फिर्ता गर्नुपर्ने हवाई टिकट लगायतको  आर्थिक भार नेपाल सरकारलाई तत्काल पर्दैन तर यदि कुरै कुरामा अल्मलिएर काम सुरु नगर्ने हो भने कम्पनि टाट पल्टने, न हवाई टिकट, न तलब, न उपादान पाउने अबस्था आउदैन भन्न सकिन्न |श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बैदेशिक रोजगार बोर्डको सचिबालय द्वारा तयार पारिएको रिपोर्ट अनुसार विभिन्न समस्यामा परी तत्काल फर्कनु पर्ने एक लाख सत्ताइस हजार साथै रोजगारी गुमाएर फर्कन सक्ने दुइ लाख असि हजार गरि जम्मा चार लाख सात हजार नेपालीहरु बिलम्ब नगरी स्वदेश फर्काउन पहल गर्नु पर्ने अवस्था छ |

 

देशगत तथ्यांक

 

स्वदेश फिर्तिको सूत्र र संयन्त्र

नेपालले अझै कसरि क्वारिन्टिनको व्यवस्था गर्न सकिन्छ भनेर छलफल र गृहकार्य गर्दै छ भन्ने समाचार मात्रै सुनिएको छ आजको मिति सम्म कुनै ठोस योजना बनाएको, भए गरेको देखिदैन | यो विषम परिस्थितिमा नेपालि सेना र शसस्त्र प्रहरी लाइ परिचालित गरि सामुदायिक तथा सरकारी स्कुल र निजि स्कुलहरुमा क्वारिन्टिनमा बस्नको लागि आधारभूत ब्यबस्ता गर्ने  साथै आफ्नै खर्चले व्यक्तिगत तवरमा जान चाहाने कोहि व्यवशायिक व्यक्तिहरु हुनुहुन्छ भने आफ्नै व्यक्तिगत खर्चमा होटलको ब्यबस्था गर्ने गरि तयारि गर्ने ब्यबस्था मिलाउने |  एउटा प्लेनको सरदर यात्रु संख्या २५० का दरले दैनिक ४ ओटा प्लेन मार्फत एक हजार यात्रुहरुलाई व्यवस्था गर्ने गरि १५ ओटा क्वारिन्टिन शिबिर बनाउने, दैनिक एक हजारको दरले यात्रु विदेशबाट लैजादै गर्दा १५ दिनमा १५ हजार यात्रु नेपाल पुगिसक्छन्, १४ औ दिनमा शुरुमा क्वारिन्टिनमा बसेकाहरु घर फिर्ती हुन्छन, एकदिन उनीहरु बसेको ठाउलाई सेनिटाइज गर्ने र फेरी नयालाई ब्यबस्थापन गर्ने हो भने मात्रै पन्ध्र हजार क्षमताको क्वारिन्टिन मा रहने बासस्थानले हरेक दिन १००० जनाको आगमन लाइ व्यवस्था गर्न सक्छ, एक महिनामा तीस हजार छ महिनामा एकलाख असि हजार नेपालीहरुलाई घर फिर्तीमा सहजीकरण गर्न सकिन्छ र यो ब्यबस्थापन गर्न कुनै समस्या पर्छ जस्तो पनि लाग्दैन, यदि यो क्षमतालाई तिस हजारको लागि बृद्धी गर्न सकियो र दैनिक दुइ हजार नेपालीलाई ब्यबस्थापन गर्न सकियो भने छ महिनामा नै तीनलाख साठी हजारलाइ स्वदेश फिर्ता गरि व्यबस्थापन गर्न सकिन्छ झन्डै चार देखि पाच लाखको हाराहारीमा नेपालि हरु फर्कने आंकलन छ र यसरि सहजै यो समस्याको समाधान हुनसक्छ भन्ने लाग्दछ | नेपाली  सेनाको र शसस्त्र प्रहरीको बलले अनुशासित रुपले यो ब्यबस्था गर्न सक्छ पनि , सरकारले नेपालि सेना लाइ र शसस्त्र प्रहरीलाई यो विषम परिस्थितिमा बिपदमा परेका हामी नेपालीलाइ स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस्  | निजामति कर्मचारी लागायत अन्य बाट यो सम्भब छैन, अन्यत्र नसोची अनाबश्यक बहस तथा छलफलमा समय खर्च नगरी यथासक्य छिटो सरकारले जिम्मा दिने काम गरोस | हामी तमाम् बिदेशमा रहेका पिडितहरु छिट्टै स्वदेश फर्कन पाउँ |  अस्तु |

 

(लेखक साउदी अरबको पाण्डा सुपरमार्केटमा I.T. System Analyst  को रूपमा रोजगाररत हुनुहुन्छ)

Leave a Reply