कोभिड-१९ बारे सूचना र सन्देश – १२

१२ मइ २०२०

१. नेपाली राजदूतावास रियाद, साउदी अरबले मइ १० तारिखमा आफ्नो फेसबुक पेज मार्फत १७१ जना नेपाली कामदारहरूलाइ खाद्यान्नको अबिलम्ब ब्यवस्था गर्न सम्बन्धित इजाजतपत्रवाला र रोजगारदातालाइ अनुरोध गरिएको जनाएको छ । यसबाट साउदी अरबमा समस्या कुन हदसम्म पुगेको छ? भन्ने संकेत त गर्छ नै साथै दूतावासको यो कदम कानुन सम्मत, बहुअपेक्षित र आप्रबासी कामदारहरूका लागि सर्वाधिक महत्वपूर्ण यसकारण छ कि बैदेशिक रोजगारमा ब्याप्त अधिकांश समस्याहरू कानुन(हरू)को कार्यान्वयन नहुंदा र जिम्मेवार पक्ष(हरू)ले आ आफ्नो जिम्मेवारी बहन नगर्दा नै सिर्जिदै आएका तथ्य छन । कामदारहरूलाइ कानुन बमोजिम हक र सुविधा दिलाइ बैदेशिक रोजगारलाइ हर हालतमा सुरक्षित बनाउन बिगतमा नेपाली नियोगहरूमा वकिल राख्ने, नेपाल प्रहरीले “पुलिस सहचारी” खटाउनेसम्मका नीति निर्णय भएका थिए, यद्यपी तिनलाइ कार्यान्वयन तहसम्म लगिएन र हाल ती प्रस्तावहरू नै हराएका छन !

२. नेपाली दूतावास रियादले नै पर्सी बिहिबारदेखि समस्यामा रहेका नेपालीहरूका लागि आफ्नो वेभमा अनलाइन नै भर्न मिल्ने गरी निवदेन फारम राखिदिने भएको छ । केही आनाकानी र ढिलो गरी यस नियोगले पनि अबलम्बन गर्न लागेको यो बिधी हाल बिश्वब्यापी प्रचलनमा रहेको सर्वोत्कृष्ट बिधी (Best Practice) हो, जसलाइ खाडीका अरू सबै नेपाली नियोगहरूले यस अघि नै प्रयोगमा ल्याइसकेकाछन । कुनै पनि समस्या समाधान गर्नु अघि त्यसबारेको पूर्ण जानकारी बिधिवत, पूर्ण र सत्य तथ्य नछुटाइ लिनुपर्ने हुन्छ जसलाइ सहजै, कम खर्चमै रेकर्डमा पनि राख्न सकिने र traceable /auditable हुनुपर्दछ र समाधानमा नपुगुञ्जेलसम्म अनुगमन गर्न मिल्ने साथै सूचनाको हक प्रदान गर्दै एक हदसम्मको पारदर्शिता पनि देखिनुपर्दछ । यस बिधी र प्रकृयामा सहभागी हुन गाह्रो हुने नेपालीहरूलाइ अरू जान्ने नेपालीहरूले सहयोग गरिदिनुपर्दछ ।

३. नेपाली दूतावास रियाद प्रति नै यहांका धेरै जसो नेपालीहरूले कोरोना संक्रमित नेपालीहरूको यथार्थ र अद्यावधिक अवस्थाबारे जानकारी नगराएकोमा गुनासो, असन्तुस्टी, चिन्ता र निराशा पोखेका छन । जबकि साउदी अरबभित्रकै अर्को नेपाली नियोग (महाबाणिज्यदूतावास जेद्धा)ले भने आफ्नो कार्यक्षेत्रभित्रका नेपालीहरूको कोभिड-19 बाट संक्रमितहरूको अद्यावधिक यथार्थ स्थिति सार्वजनिक गर्दै आएको छ । साउदी अरबमै यहां रहेको भारतिय दूतावासले पनि आफ्ना नागरिकहरूको समग्र स्थिती सार्वजनिक गर्दैरहेकाले साउदी सरकारले देशगत अवस्था सार्वजनिक नगर्न कुनै निशेधाज्ञा जारी नगरेको परन्तु दूतावासहरूले मागेमा आफ्नो देशका नागरिकहरूका सबै जानकारी दिने गरेको स्पस्ट नै छ । दूतावासलाइ नै यहांका प्रायः सबै नेपालीहरूले “हामी नेपालीहरू हामो मातृभूमिमा फर्किन कहिले पाउने, उडान कहिले शुरू हुने?” भनेर पनि साझा जिज्ञासा र माग गरिरहेको अवस्था छ । कामदारहरू पठाउने अन्य मुलुकहरूले आ आफ्ना नागरिकहरूलाइ स्वदेश लगिरहंदा नेपालले भने अहिलेसम्म कुनै पनि समय तालिका नै स्पस्ट नपार्दा यो जिज्ञासा ठूलो चिन्ता र तनाव पनि बनिरहेको छ जसको जबाफ र सम्बोधन चैं वास्तवमा दूतावासहरूले नभइ नेपाल सरकारले नै गर्नुपर्ने अवस्था छ ।

ताजा अपडेटः नेपाली दूतावास रियादले भर्खरै साउदी अरबमा कोरोना संक्रमित नेपालीहरूको अद्यावधिक अवस्था सार्वनजनिक गर्दै साउदी अरबमा कूल ६७४ जना नेपाली संक्रमित बनेको, क्षेत्रगत रूपमा यी मध्ये ३३६ जना पुर्बी क्षेत्रमा, १४८ जना पश्चिम क्षेत्र (मक्का, मदिना, जेद्दधा, जजान आदि)मा, रियादमा १७५ जना, कासिममा ३ जना, हायलमा ३ जना र अन्य स्थामा ९ जना रहेको जनाएको छ, कुल संक्रमितमा ११ जना महिला रहेका छन, १ जना नेपाली कोरोना संक्रमनकै कारण मृत्यु भएको र अन्य ३ जनाको मृत्युको कारण खुलिनसकेको, खुलाउन साउदी सरकारलाइ अनुरोध गरिएको पनि जानकारी दिएको छ ।

४. इरानले ५,००० पाकिस्तानीहरूलाइ कोभिड-19 टेस्ट नै नगरी जबरजस्ती बलुचिस्तानको सिमानामा छोडिदिएपछि पाकिस्तान सरकार ठूलो सकसमा परेको छ, यसकारण कि ती पाकिस्तानीहरूलाइ पाकिस्तानमा ल्याएर राख्ने क्वारेनटाइनको ब्यवस्था सरकारले गरिसकेको छैन। त्यही ब्यवस्था गर्न केही दिनको समय माग्दा पनि इरानले दिएन । यो पाकिस्तान सरकारको ठूलो असक्षमता र असफलता हो भन्दै पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले सरकारको कडा आलोचना गरेका छन । टेस्ट बढाइ क्वारेन्टाइनको ब्यबस्था गर्नुपर्नेमा उल्टो लकडाउन खुकुलो पारेकोमा पनि भुट्टोको ठूलो आपत्ती छ; उता सरकारले यदि लकडाउन खुकुलो नपारेको भए ७ करोड १० लाख थप पाकिस्तानीहरू गरिबिको रेखामुनि धकेलिनेथिए, अहिले दैनिक २०,००० को टेस्ट गर्दैछौं र यसलाइ अझै बढाउंछौं भनेको छ ।

५. नेपालमा ४ जना पत्रकारहरू कोभिड-19 बाट संक्रमित बन्न पुगेका छन । पर्सामा आज थपिएका ३९ जना नयां संक्रमितहरू मध्य यी ४ जना पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. मदन उपाध्यायले पुस्टी गर्नुभयो । नेपालकै बिभिन्न मिडिया हाउसहरूमा काम गर्ने यी पत्रकारहरू रिपोर्टिङकै क्रममा संक्रमित बन्न पुगेको बताइएको छ । नेपालमा आज एकै दिनमा ५७ जना नयां संक्रमित भइ नेपालको कूल संक्रमित संख्या १९१ पुगेको छ, ३३ जना निको भएका छन, बांकि १५८ जना सबैको स्वास्थ्यावस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply