श्रमिक सूचना र सन्देश – ४५९

२ अगस्त २०२१

 (क) नेपाल

१- कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गिरावट आएपछि श्रमिक कल्याणकारी कोषमा जम्मा हुने रकम एक वर्षमा १ अर्ब ७१ करोड ३२ लाख २५ हजार रुपैयाँ घटेको छ । बोर्डले सार्वजनिक गरेको चालू आवको नीति, कार्यक्रम तथा बजेटमा अघिल्लो आवमा सात अर्ब ९० करोड १२ लाख ७५ हजार आय रहेकोमा गत आवमा ६ अर्ब १८ करोड ८० लाख ५० हजारमा सीमित भएको छ । कोषको आम्दानीको सबैभन्दा धेरै हिस्सा विदेश जाने श्रमिकको श्रम स्वीकृतिबाट जम्मा भएको पैसा हो । बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कोरोनाकै कारण कोषबाट ब्यहोर्नुपर्ने दायित्व बढेको र आयस्रोतमा भने उल्लेख्य गिरावट आएको प्रतिकूल अवस्था उजागर गरे ।

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले खोप प्रमाणिकरणका बारेमा कन्सुलर सेवा बिभागको परिपत्र समेत संलग्न राख्दै सूचना जारी गरेको छ । यस अघि नेपाल सरकारले खोप लगाएको प्रमाणपत्र निशुल्क दिन अनुरोध गरे ता पनि MoFA ले रू. प्रमाणिकरणकै लागि रू. ६०० शुल्क लिनेगरेका कुरा सञ्जालमा आएका थिए ।

 

जरूरी सूचना

———-

विदेश जाने व्यक्तिले कोरोना विरूद्धको खोप लिएपछि खोप लिएको प्रमाणपत्र जारी गर्नका लागि देहायका अस्पताललाई तोकिएको छः

१. शहिद शुक्रराज अस्पताल, टेकु

२. पाटन अस्पताल, ललितपुर

३. निजामती अस्पताल, मिनभवन

४. सशस्त्र प्रहरी अस्पताल, बलम्बु

यि मध्ये कुनै पनि अस्पतालबाट कोरोना विरूद्धको खोप लगाएको प्रमाणपत्र लिन सकिने छ । र, त्यसरी लिनुभएको खोप प्रमाणपत्र कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्दैन ।

(ग) मध्यपुर्ब

३- नेपाल नागरिक उड्डयन प्राधिकरण र हिमालय एअरलाइन्स दुबैले अगस्त महिनामा गरिने अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेकाछन । तर यी दुबै तालिका आपसमा मिलेका छैनन । बिशेषतः हिमालय एअरलाइन्सले दमाममा हरेक साता आइतबार, सोमबार, बुधबार र शुक्रबार गर्दै आएको साउदी अरबको दमामका उडान CAAN को सेड्युलमा देखिन्न । हिमालयले नै दोहा, दुबइ र क्वालालम्पुरका उडान भने दुबै तालिकामा यथावत छन । दमाममा यस अघि पनि नियमित उडान नै हुनुपर्नेमा चार्टर भन्दै चर्को भाडा असुल्ने र सेटिङका कारण टिकटको कृत्रिम अभाव र कालोबजारीका कारण हिमालय साउदी अरबमा बिवादित र बदनाम बन्दै गएको पनि छ । क्यानको सेड्युलमा दमामको उडान नअटाउंदा समन्वयको अभाग त देखियो नै यसमा केही बदनियत अझै निहित रहेको आशंका गर्ने ठाउं समेत रहेकाछन । IATA ले दमामको एअरपोर्टलाइ दिएको कोड OEDF हो जुन CAAN को अगस्त सेड्युलमा रहेको छैन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Malaysian government has declared a fine of 50,000 Ringgit to those who employ un-documented (illegal) workers and put in jail for 12 months. Nearly 100 thousand Nepalese are estimated staying in Malaysia at present without having legal status. Government has given the deadline of 31 December 2021 to all those illegal migrants to leave Malaysia.

 

Leave a Reply