श्रमिक सूचना र सन्देश – ४५७

३१ जुलाइ २०२१

 (क) नेपाल

१- कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत सुविधा प्रदान गर्दै नेपाल पर्यटन बोर्ड र युनडिपीको साझेदारीमा झण्डै पाँच हजारलाई रोजगारी दिन शुरु गरिएको छ । परियोजना अन्तर्गत पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित १,६०० जनशक्तिलाई तत्तत् पर्यटकीय क्षेत्रको सरसफाइ, पदमार्गको मर्मतसम्भार, पैदलमार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मतसम्भारलगायतका कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिएको छ । सात प्रदेशका कम्तीमा १०० मजदुर समेटिने गरी रोजगारी दिइएको छ । उनीहरुलाई हरेक दिन रु एक हजार पारिश्रमिक दिइन्छ ।

(ख) साउदी अरब

२- साउदी अरबका महान्यायाधिवक्ता शेख साउदी बिन अब्दुल्ला अल मुजिबले मानव तस्करी जस्तो जघन्य अपराध सहन नसकिने बताएकाछन । अरब न्युजमा प्रकाशित समाचार मुताविक उनले हिंजो जुलाइ ३० मा अन्तराष्ट्रिय मानव तस्करी बिरूद्को दिवसमा त्यस्ता तस्कर बिरूद्ध कडा कानुनी कार्बाही गरिने बताएका हुन ।

(ग) मध्यपुर्ब

३- कोभिड-१९ को दोस्रो लहर सुरु भएपछि गरिएको चार्टर्ड उडानमा चर्को भाडा असुली गरेको विषयमा छानबिन गर्न गठित समितिले एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरूको बैंक स्टेटमेन्ट मागेको छ ।

उजुरीमा वास्तविक भाडाभन्दा ३/४ गुणासम्म बढी भाडा असुली गरेको देखिएको तर कम्पनीहरूले दिएको जानकारीमा यात्रुबाट उठाइएको भाडादर स्वभाविक देखिएपछि कम्पनीहरूको बैंक स्टेटमेन्ट मगाइएको नागरिक उड्डयान प्राधिकरण स्रोतले जनाएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- India has extended ban on international commercial flights till 31 August 2021 announced by the Directorate General of Civil Aviation (DGCA) in its circular, it was about to resume on 31 July after a 16 months long gap. However, the ban will not apply to dedicated cargo flights, flight under bilateral air bubble pacts with selected countries as it will continue to operate, said the Civil Aviation of India. India has air bubble agreements with 28 countries including Nepal.

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र GCC का ६ वटै मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply