कोभिड-१९ बारे सूचना र सन्देश – ६

 

६ मइ २०२०

  1. साउदी अरबमा आप्रबासी नेपाली श्रमिक समुदायकै पहलमा कोभिड-19 बाट संक्रमित नेपालीहरूको संक्रमणको यथार्थ अवस्था बारे चिन्ता र चांसो राख्दै खोज खबर गर्ने क्रममा हिंजो राती जुबैलको एउटै क्याम्पमा १४ जना नेपालीहरू पोजिटिभ रहेको एक सूची प्राप्त भएको छ । यो सूचीको सत्यता र आधिकारिकताको पुस्टी गर्न आकास नेपालका प्रतिनिधीले उक्त क्याम्पको कोरोना टेस्टमा संलग्न स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. (नाम उल्लेख गर्ने अनुमति छैन), ले सो को पुस्टी गर्दै ती सबैका संकलित स्वाबहरू दमामको सरकारी क्षेत्रिय ल्याबमा PCR बिधीबाट टेस्ट गरिएकाले त्यो १००% सत्य र आधिकारिक नै हो भन्नुभयो । उक्त क्याम्पमा रहेका कूल १२८ जना मध्ये १२७ जनाको टेस्ट गरिएकोमा ९५ जना पोजिटिभ (संक्रमित) भेटिएका छन । तथ्य यो छ कि, पोजिटिभ भेटिएका कसैमा पनि कोभिड-19 संक्रमनका कुनै पनि लक्षणहरू थिएनन, अझै छैनन । हाल उक्त क्याम्पबाट नेगेटिभ जतिलाइ अन्यत्रै स्थानान्तरण गरी आइसोलेशनमा राखिएको छ भने पोजिटिभ जति स्वास्थ्य मन्त्रालयको निगरानी (अनुगमन) रहनेगरी क्याम्पमै क्वारेन्टाइन गरिएको छ । यी संक्रमितहरू मध्य कसैमा कुनै पनि लक्षण देखापरे तत्काल खबर गर्ने र त्यस्तालाइ (मात्र) अस्पतालमा उपचारार्थ लगिने र क्वारेन्टाइन र आइसोलेशन दुबैमा मन्त्रालयले जारी गरेको गाइडलाइनलाइ अक्षरशः पालना गर्नुपर्ने र यी लगायत यिनको सम्पर्कमा आएका अन्यको पनि एक हप्ताभित्र पुनः अर्को परिक्षण गरिने मन्त्रालयका प्रतिनिधिले बताउनुभयो । सूची जस्ताको तस्तै सार्वजनिक गर्ने अनुमति नभएकाले हामीले मुलतः शत प्रतिशत आप्रबासी कामदारहरू नै रहेका ती कुन कुन मुलकहरूका थिए भन्ने जानकारी होस ता कि उक्त क्षेत्रमा अन्यले पनि थप सजगता र सावधानी अपनाउन भन्ने शदाशयताका साथ सूचीहरू यसैसाथ संलग्न छन । यो क्याम्प होटल जुबैल इन नजिकै छ जहां गतः हप्ता पिक अप चलाउने एक नेपाली ड्राइभरमा कोरोना संक्रमन भेटिएको थियो ।
  2. साउदी अरबका स्वास्थ्य मन्त्रीले कोरोना संक्रमणलाइ शुरूकै अवस्थामा भेटाउन परिक्षणलाइ बढाउंदा संक्रमितहरूको संख्या बढेता पनि कसैले पनि चिन्तित भइ आत्तिनुपर्दैन किनकि हाम्रो मृत्युदर बिश्वको तुलनामा १० गुनाले कम छ र हाम्रो स्वास्थ्य सुविधा राम्रो र सुब्यवस्थित छ जहां ९६% ICU का बेडहरू खाली नै छन भन्नुभयो ।
  3. फिलिपिन्सका राष्ट्रपतिले आफ्नो देशका स्वास्थ्यकर्मीहरूलाइ रोजगारका लागि बिदेश पठाउन रोक्ने बारे परामर्श थाल्नुभएको छ । बिदेशबाट हालै स्वदेश फर्किएका स्वास्थ्यकर्मीहरूलाइ सम्बोधन गर्दै वहांले भन्नुभयो “म तपाइहरू कसैलाइ पनि क्याफिन (काठको बाकस)मा स्वदेश फर्किएको हेर्न सक्दैन, यसैले अब फेरी बिदेश जाने, पठाउनेबारे पुनर्बिचार गरौं, तपाइहरूको १४ दिने क्वारेन्टाइन अवधि पूरा भयो, अब आ आफ्नो प्रान्तमा गएर आफ्नै देशका नागरिकहरूलाइ सेवा दिनुहोस” ।
  4. साउदी अरबले अब सबै देशका आप्रबासीहरू आ आफ्नो मुलुकमा फर्किन पाउने गरी बाटो खोलिदिएको छ । यसका लागि गृहमन्त्रालयको Absher भित्रको Awdah Service Portal सबैका लागि खुल्ला गरिएको छ । Final Exit (Only) Visa, Exit & Re Entry Visa, Visit Visa लगायत भ्यालिड भिषा हुनेहरूले यसमा गइ अनलाइन आवेदन दिनसक्नेछन ।

Leave a Reply