श्रमिक सूचना र सन्देश – ४१६

२० जुन २०२१

 

भिडियो समाचारः

 (क) नेपाल

१- कोरोना महामारीका कारण निषेधाज्ञाले देशनै ठप्प बने पनि सरकारले गौरवका आयोजनाको कामलाई रोकेको छैन। यस्तै महत्वपूर्ण आयोजनामध्येको हो प्रदेश १ मा रहेको उत्तर–दक्षिण ‘लाइफलाइन’ (जोगवनी–किमाथाङ्का) सडक खण्ड। अहिले यसको कठिन क्षेत्रमा पर्ने संखुवासभाको चेन्ताङदेखि घंगोप्पा सम्मको १४ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ। कुल ३९३ किलोमिटर लम्बाइ रहेको यो राजमार्गको जोगवनीदेखि संखुवासभाको खाँदबारीसम्मको २ सय ३१ किलोमिटर सडक खण्ड कालोपत्रे भइसकेको छ।

 

(ख) साउदी अरब

२- बंगलादेशको वैदेशिक रोजगार ब्यवसायी संघ (BAIRA) का प्रतिनिधिहरूले बंगलादेशका लागि साउदी राजदूतलाइ ढाकास्थित दूतावासमा भेटवार्ता गरी अधिक संख्यामा बंगलादेशीहरूलाइ साउदी अरबमा रोजगार दिन अनुरोध गरेका छन । जबाफमा दूतावासले सो का लागि मागपत्र ल्याउन भन्दै दैनिक सरदर ३,००० बंगलादेशी कामदारहरूका लागि भिषा जारि गरिरहेको बताएको न्यु एज बंगलादेशले लेखेको छ।

 

(ग) मध्यपुर्ब

३- युएइमा एनआरएनए र नेपाल एशोसियसन बिचको बिवाद र खिचातानी उत्कर्षमा पुगेको छ। शुरूमा एनआरएनएकै लोगो राखी युएइको सरकारी निकायमा दर्ता भएको नेपाल एशोसियसनले हालैका दिनमा एनआरएनएले उक्त लोगो प्रयोग गर्ने अनुमति नदिएपछि एशोसियसनले लोगो फेरेको छ, मान्यता र सरकारी हैसियत भने यथावत छ । एशोसियसनले हिंजो जारी गरेको प्रेश विज्ञप्तीका मुताविक एनआरएनए एनसिसी युएइको हैसियत युएइमा एशोसियसनको सब कमिटिका रूपमा रहेको र त्यही हैसियतमा केहीले एशोसियसनको BOD मा स्थान पाएकोमा अब कुनै एकमा मात्र रहन ७ दिने सूचना जारी गरेको छ । स्मरणिय छ, एनआरएनए मध्यपुर्बका कुनै पनि मुलुकमा दर्ता भएको छैन अर्थात यो क्षेत्रमा एनआरएनए पूर्णतः अबैध संस्था हो । बरू नेपालीहरूकै संस्था लेबननमा आप्रबासी सामुदायिक केन्द्र (Migrants Community Center, MCC) नेपाल, बहराइनमा नेपाली क्लब, युएइमा नेपाली बिजनेश काउन्सिल, युएइमै नेपाल एशोसियसन र ओमानमा गैर आवासिय नेपाली सोशल क्लबका नाममा सरकारी निकायमा दर्ता भइ मान्यता प्राप्त बैध संस्थाका रूपमा रहेकाछन । जारी विज्ञप्तीमा युएइको नेपाल एशोसियसनले एनआरएनए एनसिसी युएइले ६२,७०० दिह्राम नै हिनामिना (भ्रस्टाचार) गरेकोमा २,२६१ डलर मात्रै भ्रस्टाचार गरेको भन्दै छानबिन समितिको प्रतिवेदन बिपरित कम सजाय दिंदै दोशीलाइ कार्बाहीमा छुट तथा फुकुवा गरेकोमा घोर आपत्ति प्रकट गरेको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Dubai’s Emirates airline said it will resume flights connecting India, South Africa and Nigeria to Dubai from June 23. “Emirates welcomes the latest protocols and measures announced by Dubai’s Supreme Committee of Crisis and Disaster Management to allow the safe resumption of passenger travel from South Africa, Nigeria and India to Dubai and onwards,” said the airline’s spokesperson in a statement.

 

(ङ) कोरोना बिशेष

६- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

 

Leave a Reply