श्रमिक सूचना र सन्देश – ४१५

१९ जुन २०२१

 

भिडियो समाचारः

 (क) नेपाल

नेपाल सरकारले बिदेश यात्रा गर्नेहरूका लागि अब सरकारी अस्पतालहरूका अतिरिक्त २२ वटा निजी स्वास्थ संस्थाहरूलाइ पनि PCR टेस्टका लागि अनुमति तथा मान्यता दिने भएको छ जसको सूची यसप्रकार छः

  1. ग्राण्डी
  2. कान्तिपुर
  3. स्टार
  4. हेम्स
  5. काठमाडौँ मेडिकल कलेज
  6. नेपाल मेडिसिटी
  7. वी एण्ड वी
  8. अल्का
  9. कान्तिपुर डेन्टल
  10. जनमैत्री
  11. नेपाल मेडिकल कलेज
  12. नेपालगञ्ज मेडिकल कलेज
  13. चितवन मेडिकल कलेज
  14. लुम्बिनी मेडिकल कलेज
  15. नेशनल मेडिकल कलेज
  16. युर्निभर्सल मेडिकल कलेज भैरहवा
  17. मनमोहन मेमोरियल
  18. काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल
  19. नोवेल मेडिकल कलेज विराटनगर
  20. न्यूरोकार्डियो अस्पताल विराटनगर
  21. विराट मेडिकल कलेज विराटनगर
  22. लेप्रोसी मिसन नेपाल अस्पताल

(ख) साउदी अरब

२- साउदी अरबको स्वास्थ्य मन्त्रालयले आगामी जुलाइ देखि कोभिड भ्याक्सिनको दोस्रो डोज पनि दिन थालिनेछ । ६० बर्ष कटेकाहरूले चैं अहिले नै दोस्रो डोज लगाउन पाउने नियम छ । साथै मन्त्रालयले आगामी अगस्त १ तारिखदेखि सरकारी तथा निजी कम्पनीमा काम गर्नेहरू, खेलकुद तथा संस्कृति कर्मी सबैले अनिवार्य कोभिड भ्याक्सिन लगाएको हुनैपर्ने समाचारमा उल्लेखित छन ।

३- आज १९ जुनमा हिमालय एअरलाइन्सले काठमाडौ-दमाम-काठमाडौ को चार्टर उडान गरेको छ । यो समाचार तयार पार्नेबेला (बेलुका ५.३९ बजे साउदी समय)मा दमामबाट फर्किएको हिमालयको जहाज काठमाडौ उपत्यकाको आकासमा एअरपोर्टबाट मात्र २४ किमि टाढा थियो । उडान ५४ मिनट डिले भएको थियो । यो चार्टर उडानका लागि हिमालय एअरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिंजो बिशेष अनुमति पाएको थियो ।

(ग) मध्यपुर्ब

४- दिल्लीस्थित कतारी दूतावासको माग बमोजिम भारत सरकारले भारतिय नागरिक सुब्र्हमण्यम श्रीनिवासको भारतमा रहेको सम्पत्ती रोक्का (फ्रिज) गरेको छ । कतारको अलमीरा कम्पनीमा पर्चेज डिपार्टमेन्टका हेड हुंदा ग्राहकहरूबाट घुस, कमिशन लिएको रकम मनि लण्ड्रिङ गर्दै भारत पठाएको भेटिएपछि कतारले यो मुद्दा चलाएको हो । उनले घुस, कमिशन संकलन गरी पठाएको भा.रू. ८८ लाख मध्यबाट आन्ध्र प्रदेशमा भा.रू. ४३ लाखमा ३ वटा घडेरीका प्लटहरू किनेकोमा कतारको मुद्दाको अन्तिम फैसला नहुञ्जेल ती प्लटहरूको बेचबिखन समेत गर्न नदिइने भएको छ । कतारमा घुस, कमिशन र मनी लण्ड्रिङलाइ ‘अपराध’ मानिन्छ र यस्तो गर्नेलाइ दण्ड सजाय दिइन्छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

5- Al Jazeera English journalist Drew Ambrose, who produced a documentary “Locked up in Malaysia’s Lockdown” — detailing the abuse of migrant workers during the Covid-19 pandemic last year, has won the Journalist of the Year award at the One World Media Awards in London for his work.

The 25-minute episode produced under Al Jazeera’s “101 East” weekly segment was the main nomination that led to his win, the other being a story on West Papua’s deforestation, reports Free Malaysia Today, a Malaysian daily, on Friday.

(ङ) कोरोना बिशेष

६- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply