श्रमिक सूचना र सन्देश – ४१४

१८ जुन २०२१

 

भिडियो समाचारः

 (क) नेपाल

१- नेपालको झापामा सञ्चालित निजि स्वास्थ्य संस्था बि एण्ड सी को स्वार्थमा धरान स्थित सरकारी स्वामित्वको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान डुबाइदै गरेको तथ्यहरूका खुलासा भएकाछन । सेतोपाटीमा जिवन क्षेत्री लेख्छन त्यहां चल्दै आएको चर्को कमिशनखोरीका कारण बर्षेनि बिरामीहरूले रू. २ अर्ब र अस्पतालले १ अर्ब गुमाइरहेकाछन । अस्पतालका करोडौ पर्ने महत्वपूर्ण उपकरणहरू बिगारेर, थन्काएर निजि ब्यापारीका उपकरणहरू प्रयोग गर्दै तिनैमा समेत कमिशनखोरी चलेको र यसमा अस्पतालका उपकुलपति स्वयम संलग्न रहेको आरोप छ ।

(ख) साउदी अरब

२- साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (GACA) ले साउदी अरब आउने सबैले कोभिड भ्याक्सिन दर्ता गरेर आउन सबै एअरलाइन्सलाइ सर्कुलर जारी गरेको छ । यसका लागि यात्रीहरू यो लिंकः https://muqeem.sa/#/vaccine-registration/home मा गएर आंफूले लगाएको भ्याक्सिन दर्ता गर्न सक्नेछन । स्मरणिय छ, भ्याक्सिन लगाएकाहरूले साउदी अरब आगमन पश्चात ७ दिनको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्दैन भने भ्याक्सिन नलगाएकाहरूले कम्तिमा ३,१०० रियाल खर्चेर होटल क्वारेन्टाइनमा बस्नैपर्ने नियम छ । साउदी अरबले मान्यता दिएका कोभिड भ्याक्सिनहरू (१) पि फाइजर, (२) अस्ट्राजेनेका, (३) म्याडोर्ना र (४) जोन्सन एण्ड जोन्सन नै हुन । यिनै मध्य कुनै एक भ्याक्सिन लगाएको हुनुपर्ने नियम छ ।

 

(ग) मध्यपुर्ब

३- NRNA-ICC ले NCC-UAE का अध्यक्ष प्रकाश कोइरालालाइ ILO प्रोजेक्टमा भ्रस्टाचार गरेको ठहर गर्दै भ्रस्टाचार गरिएको रकम २,२६१ अमेरिकी डलर फिर्ता गर्न आदेश दिंदै युएइको आगामी राष्ट्रिय अधिवेशनमा फेरी कुनै पनि पदमा प्रत्यासी हुन नपाउने गरी कार्बाही गरेको छ । संघको यो कार्बाहीबाट युएइमै नेपाली समुदायको ठूलो हिस्सा सन्तुस्ट छैनन, उनिहरूले अब यहि मुद्दालाइ नेपालको अख्तियार दुरूपयोग निवारण आयोगमा समेत छानबिनका लागि उजुरी दिने बताएकाछन।

साउदी अरबमा त्यो भन्दा ठूलो परिमाणमा भ्रस्टाचार र अनियमितता भएका आधार प्रमाणहरू रहेकाछन । आप्रबासी कामदार समाज नेपालले एनसिसी साउदी अरबका अध्यक्षलाइ यो प्रकरणमा उठेका १८ वटा प्रश्नहरू लिखित, औपचारिक र संस्थागत तवरमा गतः ३० अप्रिल २०२१ मै सोधेकोमा अध्यक्ष तेज थापाले आजका मितिसम्म ती कुनै पनि प्रश्नहरूको जबाफ दिएका छैनन । आ.का.स. नेपाल यस अघि नै यिनै प्रश्नहरूका साथ निश्पक्ष छानबिनको माग गर्दै ILO कै नेपाल अफिस र यसको मुख्यालय जेनेभामा पुगिसकेको छ । संघले यसरी नै अटेरी गरे अब साउदी अरबकै अदालतमा पनि उजुरी गरी कानुनी उपचार खोज्ने सोंच बनेको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- India allowed the Nepal Electricity Authority (NEA) to purchase and import electricity from the energy exchange market of India’s NTPC Vidyut Vyapar Nigam Limited. Accordingly, the NEA has started purchasing electricity from the Indian market at a competitive rate when needed. However, India has been reluctant to arrange for the sale of Nepal’s electricity through the same market. The authority has not got permission for the export and sale of excess electricity in the Indian market even after months of seeking permission. This has led to confusion over the management of excess electricity generated during the rainy season. The NEA fears it might have to waste electricity, as much as 900 megawatts, if that could not be exported to India this rainy season. Several hundred Megawatts of Hydro-Electricity will be added later this year which will be much more than the domestic demand/need of Nepal and unfortunately, Nepal has no other alternate market to export its hydro-electricity!

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply