श्रमिक सूचना र सन्देश – ४१३

१७ जुन २०२१

 

भिडियो समाचारः

 (क) नेपाल

१- नेपाल सरकारले हिंजोको मन्त्रिपरिषदको बैठकबाट बिदेशबाट फर्किने कामदारहरूलाइ क्वारेन्टाइनमा दिने भनेको छुट एउटा ब्यापारिक प्रतिस्ठानले ३ गुना मुल्य बढाएर ६६.६६% फ्रि अर्थात १ पिस किन्दा अर्को २ पिस फ्रि (सित्तैमा) भने जस्तै छ । स्मरणिय छ नेपाल सरकारको यस अघिकै निर्णयमा वैदेशिक रोजागारकर्मीहरू यो बेला स्वदेश फर्किदा ५ दिन मात्रको अनिवार्य होटल क्वारेन्टाइन तोकेको छ, हिंजोको निर्णयमा १५ दिन बस्नुपर्नेमा १० दिन छुट भनेर थप छुट के दिन खोजेको हो? बुझिनसक्नु छ । त्यत्तिकै बुझिनसक्नुको निर्णय अर्को के पनि छ भने अहिले नै भारत, चिन, कतार र टर्कि गरी जम्मा ४ देशहरूबाट सातामा २,००० जति यात्री नेपाल आउंनेगरेकाछन । अब पनि सातामा बढीमा २,००० मात्रै आउन दिनेगरी थप देशहरू – साउदी अरब, युएइ, मलेशिया र जापानमा पनि नियमित उडान सुचारू गर्ने । अब यसबाट सहजता र सुविधा होला? कति होला? अनुमान गर्न सकिने बिषय छ । थप देशहरूमा नियमित उडान खोल्ने सरकारी निर्णय चैं जनहितमा भएकाले स्वागतयोग्य छ तर यसबाट स्वदेश फर्किन र बिदेश आउन चाहनेले राहत सुविधा अनुभूत गर्न पाउनुपर्दछ अर्थात अहिलेको चार्टर उडानको चर्को हवाइ भाडाबाट नियमित उडानको सामान्य न्युन भाडादरमा उड्न पाउनुपर्दछ ।

(ख) साउदी अरब

२- साउदी रियाल ५०,००० नगद बोकेका अफगानी नागरिक रोहनी नकिबुल्लाह दिल्ली एअरपोर्टमा आंफूसंग भएको नगद राशीको स्रोत खुलाउन नसकेपछि उक्त रकम जफत भइ पक्राउ परेकाछन । हरेक देशका बिमानस्थलहरूमा लान पाइने नगद राशीको अधिकतम सिमा तोकिएको हुन्छ, त्यो भन्दा बढी लानुपर्दा उचित कारण देखाएर, स्रोत खुल्ने कागजात सहित, एअरपोर्टमा फारममा खुलाएर स्वीकृति लिनुपर्नेहुन्छ । अचेल ठूला कारोबार बैंकिङ च्यानलमै हुन्छन, ससाना कारोबार पनि बैंककै कार्डहरूबाट हुनेगर्छन तर अबैध र अनैतिक कार्यमा संलग्न ब्यक्तिहरू बैंकिङ च्यानल प्रयोग गरी पारदर्शी र नियमसंगत बन्न रूचाउंदैनन । एअरपोर्टहरूमा यस्तै ब्यक्तिहरूको खोज तलास गरिन्छ ।

(ग) मध्यपुर्ब

३- कुवेतले आगामी अगस्त १ तारिखदेखि कोभिड भ्याक्सिनका फुल डोज लगाएका आप्रबासीहरूलाइ मात्रै कुवेत प्रवेश दिने भएको छ । कुवेतभित्रै यहि जुन २७ तारिख उपरान्त भ्याक्सिन नलगाएकाहरूलाइ शपिङ मलहरूमा, रेष्टुरेण्ट क्याफेहरूमा, शैलुनहरूमा, हेल्थ क्लबहरूमा प्रबेश गर्न नदिने निर्णय गरेको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- The government of Nepal intends to increase regular international flights as the transit rate of corona decreases. From May, the authorities suspended the entirety of domestic and international flights to limit the spreading of Corona infection.

According to a source from the Civil Aviation Authority of Nepal, the cabinet meeting plans to restart regular flights following the Covid-19 Crisis Management Committee’s proposal (CCMC). According to CAAN sources, currently scheduled chartered flights will be terminated, and regular flights will be reinstated starting from Saudi Arabia, UAE, Malaysia & Japan soon. At present, regular flights are available only with India, China, Qatar & Turkey.

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply