श्रमिक सूचना र सन्देश – ४११

१५ जुन २०२१

 

भिडियो समाचारः

 (क) नेपाल

१- दाङ तुलसीपुरका २८ बर्षिय हरिश गिरी अनुकरणीय युवा ब्यवशायी बनेका छन । नेपाल इन्भेस्टमेन्ट बैंकबाट रू. ५० लाख ऋण लिएर उनले खोलेको अत्याधुनिक मासु पसल सफा र स्वस्थकर मासुका लागि आकर्षक र लोकप्रिय बनेको छ । धेरै युवा युवतिहरू नेपालमा कुनै अवसर नदेखि, नपाइ बिदेशिदै गर्दा हरिश भने मासु पसल मात्रै नभइ निकट भबिश्यमा केही अन्य ब्यवशाय समेत शुरू गरेर अन्य युवा युवतिहरूलाइ समेत स्वदेशमै रोजगार दिने चाहना र प्रयासमा छन ।

 

(ख) साउदी अरब

२- जेद्धास्थित नेपाली महाबाणिज्यदूतावासले नविकृत राहदानीहरू लिन नियोग जान सूचना जारी गरेको छ ।

 

३- रियाधस्थित भारतिय दूतावासले भारतले निर्माण गरी प्रयोगमा ल्याएको कोभिड भ्याक्सिन कोभिसिल्ड (Covishield) लाइ साउदी सरकारले अस्ट्राजेनेका सरह मान्यता दिएको ट्वीटर मार्फत जानकारी गराएको छ । यसको अर्थ यो कोभिशिल्ड भ्याक्सिन भारतमै लगाइ आउनेले पनि साउदी आगमनपश्चात अनिवार्य होटल क्वारेन्टाइन बस्नुनपर्ने भन्ने हो । यसबाट भारतियहरूले कम्तिमा ३,१०० रियाल खर्च हुनबाट जोगाउनेछन । भारतिय दूतावासको कुटनैतिक पहलमा भारतले आफ्ना नागरिकहरूलाइ यो सुविधा दिलाएको छ ।

 

(ग) मध्यपुर्ब

४- युएइले नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकहरूलाइ नियमित उडानका लागि प्रतिबन्ध कायम राख्दै चार्टरबाट आउनेहरूका लागि समेत १४ दिनको अनिवार्य होटल क्वारेन्टाइन तोक्दै सो अवधिमा अनिवार्य सबैले Tracking Device राख्नैपर्ने नियम लगाएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

5- Pakistan has lifted a rule barring the use of AstraZeneca’s Covid-19 vaccine for people below 40 years old, in a bid to help inoculate people who need to travel for education or jobs abroad, particularly Saudi Arabia, a health official said.

Pakistan, which relies heavily on remittances from its expatriate workers in Saudi Arabia, has primarily used Chinese vaccines – Sinopharm, CanSinoBio and Sinovac – in its inoculation drive and, till now, used AstraZeneca only for those above 40.

The Saudi authorities have not approved the Chinese shots, so people with only those vaccinations still need to undergo quarantine, which is unaffordable for many, Dr Faisal Sultan, a health adviser to the prime minister, said.

 

(ङ) कोरोना बिशेष

६- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply