श्रमिक सूचना र सन्देश – ४०८

१२ जुन २०२१

 

भिडियो समाचारः

 (क) नेपाल

१- नेपाल सरकारले आ.व. २०६६-६७ यता हरेक बर्ष वैदेशिक रोजगारकर्मीलाइ लक्षित गर्दै राष्ट्रिय बचत पत्र निश्कासन गर्दै आएको छ । तर यसमा लक्षित बर्ग र समुहको रूची र सहभागिता अति न्युन रहिआएको छ । अहिलेसम्म कुल रू. १३ अर्ब ८ करोड ७९ लाख बराबरको बचतपत्र बिक्री खुला गरेकोमा केवल रू. ६३ करोड ९३ लाख अर्थात कुल लक्षको ४.८८% मात्रै बिक्रि भएका तथ्य छन । यो तथ्यले पनि सरकारले आप्रबासी नेपाली कामदारहरूको रूची र भावना मुताविक योजना ल्याउन नसकेको सुस्पस्ट छ । आप्रबासी नेपाली कामदारहरूको अहिले पनि चाहना छ कि वैदेशिक रोजगारकर्मीहरूका लागि सञ्चय कोष या पेन्शन योजना ल्याओस, जस्तो कि पाकिस्तान सरकारले ल्याएको छ । त्यसलाइ अनिवार्य गर्दा पनि आप्रबासी कामदारहरू सहर्ष स्वतः सहभागी हुनेथिए, तर सरकार केवल झुक्याउने र झुठो आश्वासन मात्रै दिन्छ । अहिले पनि वैदेशिक रोजगार प्रमुख गन्तब्य मुलुकहरूमा हुंदै आएका नियमित उडानहरू रोकेर खोपको ब्यवस्था नगरेर र चार्टर उडानको चर्को धन्धा थालेर सरकारले आप्रबासी कामदारहरूलाइ आक्रोशित तुल्याइरहेको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबले साउदी अरब आउन या छोड्नका लागि म्याद सकिएका भिषाहरूको आगामी ३१ जुलाइ २०२१ सम्म निशुल्क म्याद थप्नका लागि इ-प्लटफर्म उपलब्ध गराएको छ ।

यसका लागि यो लिंकः https://enjazit.com.sa/enjaz/extendexpiredvisa मा गएर भिषाको म्याद थप्न सकिने भएको छ ।

 

(ग) मध्यपुर्ब

३- कतारले अबदेखि कतार प्रबेश गर्नुभन्दा ६ देखि ७२ घण्टा पहिले अनलाइन फारम भरी बिशेषतः कोभिड सम्वन्धि बिवरण (कोभिड संक्रमन, परिक्षण, रिकभरी र भ्याक्सिन सम्बन्धमा) भरी आउन पाउने नियम बनाएको छ । हाल यो नियम साउदी अरबबाट अबु सामरा स्थल सिमा नाका हुंद कतार प्रबेश गर्नेहरूका लागि लागू गरेको छ । अनलाइन फारम यो लिंकः https://www.ehteraz.gov.qa/ मा उपलब्ध गराइएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Foreign Minister of Bangladesh Dr. A K Abdul Momen has urged Saudi Arabia to exempt quarantine for the Bangladeshi expatriate workers who would complete the quarantine before leaving the country.

Momen made the request in a conversation over telephone with his Saudi Arabian counterpart Prince Faisal Bin Farhan Al Saud, a Foreign Ministry press release said on Saturday.

In reply, the Saudi foreign minister assured that his government would consider the issue.

Dr Momen thanked the Saudi government for allowing Bangladeshi workers in the KSA despite the ongoing Covid-19 pandemic.

Currently, the Bangladeshi workers have to stay in seven-day mandatory quarantine after reaching Saudi Arabia.

 

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply