श्रमिक सूचना र सन्देश – ३९५

३० मइ २०२१

 (क) नेपाल

१- नेपाल सरकारले अध्यादेशमार्फ जारी गरेको बजेटप्रति ५ विपक्षी गठबन्धनले विरोध जनाएको छ । संसदमा पेश हुनुपर्ने किसिमको बजेट अध्यादेशमार्फत ल्याएर सरकारले अवैधानिक काम गरेको विपक्षी गठबन्धनको ठहर छ।

वक्तत्वयमा भनिएको छ, ‘देश कोरोना महमारीबाट आक्रान्त भइरहेको कठिन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको छ। ‘सरकारको संरक्षणमा भ्रष्टचार र कमिसनखोरी बढ्दो छ।’

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले आगामी शुक्रबार, जुन ४ तारिखमा दमाममा पासपोर्ट लिन आउन सूचना जारी गरेको छ ।

“दमाममा नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !

—————–

दमामबाट राहदानी वितरणका लागि देहायको व्यवस्था मिलाइएकोले संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित निम्न मिति, समय र स्थानमा उपस्थित हुनुहुन अनुरोध छ ।

राहदानी वितरण हुनेः-

मितिः शुक्रबार ४ जुन २०२१

समयः बिहान ९ बजेदेखि ११ बजेसम्म

स्थानः TIME TRAVELS & TOUR, दमाम सिको गार्डेन नजिकै

माथि उल्लेख गरिएको मिति, समय र स्थानमा मात्रै राहादानी बितरण गरिने छ ।

————–

नेपाली राजदूतावास, रियाद ।

३० मे २०२१”

 

३- साउदी अरबमा सामाजिक सञ्जालमा झुठा अफबाह फैलाउने, सरकारी आदेश र नियमहरूको पालना नगर्नेलाइ ५ बर्षसम्म जेल र ३० लाख रियालसम्म जरिमाना गरिने भएको छ ।

(ग) मध्यपुर्ब

४- इमिरेट्सले भारतसंगको उडानमा जुन ३० तारिखसम्म निलम्बित नै राख्ने भएको छ । एमिराती नागरिक, युएइको गोल्डेन भिसा होल्डरहरू र कुटनैतिक नियोगका कर्मचारीहरूलाइ भने कोभिड प्रोटोकोल पालना गर्ने शर्तमा छुट दिइने जनाइएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

5- Vietnam has discovered a new coronavirus variant that’s a hybrid of strains first found in India and the U.K., the Vietnamese health minister said Saturday.

 

(ङ) कोरोना बिशेष

६- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply