श्रमिक सूचना र सन्देश – ३९४

२९ मइ २०२१

 (क) नेपाल

१- नेपाल सरकारले रू. १६ खर्बको बजेट ल्याएको छ । बजेटलाइ पपुलिस्ट बनाउन अनेक तानाबाना बुनिएकाछन । तर नीति तथा कार्यक्रमले झैं बजेटले पनि आप्रबासी नेपाली कामदारहरूलाइ लगभग बिर्सेको छ । पछिल्ला बर्षहरूमा वैदेशिक रोजगारकर्मीहरूलाइ पनि योगदानका आधारमा सामाजिक सुरक्षा दिने, उनिहरूका लागि पनि सञ्चय कोष बनाइदिने लगायतका कुरा अब साकार नहुने सपना बनेकाछन, कथित “हजारे अभियान” हराएको छ । “रोजगार गुमाएकालाइ रोजगार दिने” मिठो कुराको कार्यान्वयन कसरी हुन्छ त भनि बजेटभित्र खोज्दा त्यही प्रधानमन्त्री रोजगार कार्यक्रमभित्र बर्षमा ३ महिना २ लाखलाइ काम दिने बाहेक थप कुरा देखिएनन । बिप्रेशनको प्रबाह बढेको, ४% आर्थिक बृद्धिदर पनि अब भन्न नपाइएला कि भनेर होला, १ लाखलाइ प्राविधिक तालिम दिने चैं भनिएको छ । यो बजेटले गतः बर्षको एउटा ठूलै त्रुटी भने सच्याउने प्रतिबद्धता जाहेर गरेको छ – बिद्युतिय बाहनहरूलाइ सहुलियत दिंदै १ बर्ष भित्र ५०० वटा चार्जिङ स्टेशन बनाइदिने, इन्डक्सन चुलामा भञ्सार छुट दिएर १% मात्रै तिरेर आयात गर्न पाइने भनेको छ । सबैभन्दा बढी महत्वपूर्ण संकल्प चैं स्वास्थ्य क्षेत्रमा घोषणा गरिएका नीति, लक्ष र बिनियोजित बजेट छन, जुन बर्तमानमा सर्वाधिक चांसो र आवश्यकता पनि हुन तर यिनको कार्यान्वयनमा ढुक्क र बिश्वस्त हुने आधार भने किन पनि छैनन भने अग्रपंग्तीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाइ बिशेष भत्ता, सुरक्षा र प्रोत्साहन दिन्छौं भन्ने सरकारको सत्ताधारी दलकै नेता, कार्यकर्ता स्वयम अस्पतालमा स्वास्थ्यकर्मीलाइ कुटपिट गर्न पुगेका ताजा नजिर छन ।

बजेट वक्तव्य 2078

(ख) साउदी अरब

२- साउदी अरबले साउदी प्रबेशका लागि प्रतिबन्धित गरेका २० मुलुकहरूमध्य ११ मुलुकहरू – युएइ, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगाल, युके, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापानलाइ भोली ३० मइ बिहान १ बजेदेखि प्रतिबन्ध फुकुवा गर्नेभएको छ । साउदी गजेटका मुताविक साउदी सरकारले लागू गरेका अनिवार्य संस्थागत क्वारेन्टाइन लगायतका स्वास्थ्य सावधानी सम्बन्धित नियमहरूको यी मुलुकहरूले पनि पालना गर्नुपर्नेछ । भारत, पाकिस्तान लगायतका ९ मुलुकहरूको प्रतिबन्ध यथावत राखिएको छ ।

 

(ग) मध्यपुर्ब

३- चार्टर्ड उडानमा तय गरिने अत्यधिक हवाइ भाडाका कारण सिकायत र माग बढेपछि नेपाल सरकारले आगामी जुन १ तारिखदेखि कतारमा सातामा २ उडान गर्ने निर्णय गरेको पर्यटन मन्त्री भानुभक्त ढकालले जनाएकाछन । वैदेशिक रोजगारका अन्य प्रमुख गन्तब्यहरू खाडीकै साउदी अरब, युएइ, कुवेत, ओमान र मलेशियाका लागि भने नियमित उडान अझै खोलिएका छैनन ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Filipino workers stranded on Friday in Manila have left for Saudi Arabia as the government lifted the suspension of deployment over coronavirus protocol issues.

The clearance was issued after the Labor department received communication from the Saudi Arabia government which stated that employers and agencies agreed to shoulder the cost of “institutional quarantine and other COVID-19 protocols” upon arrival in the Kingdom of Saudi Arabia, Labor Secretary Silvestre Bello III said in a statement.

“I have advised the Philippine Overseas Employment Administration to immediately implement this directive and provide the necessary clearance to all our departing Filipino workers to facilitate their travel to the KSA,” he said.

Bello told CNN Philippines’ Newsroom Weekend that a number of stranded OFWs bound for Saudi Arabia left at 4 p.m. on Saturday.

 

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती आज पुरै बिश्व औसतमा, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा यस्तो रहेको छः

Leave a Reply