10Oct23
(क) नेपाल
१. दसैंमा यात्रुहरुको सहजताका लागि भन्दै सरकारले रुट परिमट खुला गर्ने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागले असोज २६ गतेदेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको हो।
(ख) साउदी अरब
२. साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयलाइ सोधिएको प्रश्नको जबाफ दिदै मन्त्रालयले कुनै पनि आप्रबासीले साउदी अरबमा घरेलु कामदारको भिषामा आफ्नै देशका नागरिकलाइ ल्याउन नपाउने बताएको छ । साथै त्यस्ता कामदारको भिषा माग गर्दा रोजगारदाता आप्रबासीको मासिक तलब कम्तिमा १०,००० रियाल (शुरूवाती बेसिक) हुनुपर्ने, निजको बैंक खातामा कम्तिमा १ लाख रियाल ब्यालेन्स देखिनुपर्ने र पछिल्ला २ महिनामा नियमित तलब पाएको देखिनुपर्ने शर्तहरूबारे समेत स्पस्ट खुलाएको छ ।
(ग) मध्यपुर्ब
३. शनिबारबाट सुरु भएको इजरायल र हमास विद्रोही समूहबीचको युद्ध हालसम्म
इजरायलमा ९०० जना र इजरायलको जवाफी आक्रमणमा प्यालेस्टाइनमा ७०० बढीको मृत्यु भइसकेको छ। हमासको आक्रमणमा इजरायलमा पढ्न गएका १० नेपाली विद्यार्थीको पनि हमासको आक्रमणमा परेर मृत्यु भएको छ।
युद्ध लम्बिने संकेत गर्दै इजरायलले हमास नियन्त्रित गाजामा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ। इजरायली रक्षा मन्त्री योभ गलान्तले नाकाबन्दीका क्रममा गाजामा पानी, खाद्यान्न, इन्धन र बिजुली आपूर्ति रोकिने बताएका छन्।
यता युनिसेफले भने युद्धका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित हुने भन्दै दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
हमासले इजरायलको नियन्त्रणमा रहेका प्यालेस्टाइनीहरुको रिहाई माग गरिरहेको छ। साथै, इजरायलले सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरे बन्धकहरुलाई मार्ने चेतावनी दिएको छ। यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने गाजामा भइरहेको प्रतिकार सुरुवातमात्रै भएको बताएका छन्।
घ) अन्तराष्ट्रिय (International)
- Dr Binita Thapa, a gynaecologist at the infertility unit of Paropakar Maternity and Women’s hospital in Kathmandu, says in about 45% of cases she treats, the husband has worked in the Gulf. “It’s very disheartening to see a young man with no sperm at all … They tell us, ‘I have been [abroad] for four, five years and when I came back, I got married and now I’m not able to conceive.’ There are so many cases,” she says.
While doctors in Nepal say more research is needed to understand the links between migration and infertility, they believe the harsh and abusive living and working conditions many men endure in the Gulf, in particular the extreme summer heat, are likely to be significant factors.
Thapa says the migrant workers she sees live a “very sub-optimal” life in the Gulf, citing exposure to high temperatures, poor diet and living conditions, as well as loss of libido, as possible reasons for the difficulties many face in having children.