श्रमिक सूचना र सन्देश – ३८०

१५ मइ २०२१

 

भिडियो समाचार

 

(क) नेपाल

१- चिनिया राजदूत होउ याङ्कीले चिनले चन्दा सहयोगस्वरूप दिएका अक्शिजन सिलिण्डरहरूको दोस्रो ब्याच तयार भएको जानकारी गराएपछि नेपाल एअरलाइन्सको जहांज आज राती बेइजिङ जानेभएको छ । त्यहां एनआरएनए लगायतका संस्थाहरूले सहयोग जुटाएका ३७३ थान अक्शिजन सिलिण्डरहरू पनि नेपाल ल्याउन तयारी अवस्थामा छन। करिब रू. २ करोड ढुवानी भाडा पर्ने जहाजले पूर्ण क्षमता ३५ टन बोक्दा एकै पटक ७५० सिलिण्डर बोक्न सक्दछ । आजै नेपाल एअरलाइन्सले ओमनबाट एनआरएनएको संयोजन र दूतावासको समन्वयमा खाडीका नेपालीहरूले दिएका ५६० थान अक्सिजन सिलिण्डरहरू पनि नेपाल लगिएको छ । थप सिलिण्डरहरू लिन निगमको जहाज मइ १५, १६, १७ र १८ मा पनि दैनिक बेइजिङ जाने भएको छ ।

अक्सिजन सिलिण्डरहरूको आपूर्ति र बितरणमा सहजता आउने भएपछि अस्पतालहरूको कोटा प्रणाली पनि खारेज गरिएकोमा मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले सन्तोष ब्यक्त गर्दै अब अस्पतालमा अक्शिजनको अभाव नहुने बताएकाछन । केहि दिन अघि अक्शिजन आपूर्ति र वितरण ब्यवस्थापनको जिम्मा सिसिएमसीलाइ दिइएकोमा अहिले स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयहरू मातहतमा समिति(संयन्त्र)हरू बनाइ जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

 

(ख) साउदी अरब

२- नेपाली कांग्रेसको भातृ संगठन जन सम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशन हिंजो जुममा सम्पन्न भएको छ । अधिवेशनले ३ जना महासमिति सदस्य र कार्य समिति निर्विरोध निर्वाचित गरेको छ तर ४ जना महाधिवेशन प्रतिनिधिका लागि ७ जना उम्मेदवारहरू सहमतिमा नआएपछि मतदान भएको थियो । कूल ११० सदर मत मध्यबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरू यसप्रकार रहेः

  1. नमराज लामिछाने
  2. पुरूषोत्तम खनाल
  3. प्रमोद लामिछाने
  4. सुरेश राज त्रिपाठी

मतदानमा करारी हार (पराजित) भएका उम्मेदवारहरू र प्राप्त मत

  1. राजु सैयद (मोहमद्दीन मिया) – ८
  2. यास्मिन बेगम – ७

स्मरणिय छ, राजु सैयद र यास्मिन बेगम लामो समयदेखि गैर राजनैतिक संस्था एनआरएनएमा पनि पदासिन रहंदै आएकाछन जसको बिधान र आचार संहिताले पनि राजनैतिक संगठनमा पदधारण गर्न निशेध गर्दछ । बिधान बिपरितको छुट पाउंदै आएकाले एनआरएनएमा यिनले शंकास्पद र बिशेष अनैतिक स्वार्थ पूर्तिको लागि काम गरे । पछिल्लो समयमा NRNA ले ILO को आर्थिक सहयोगमा साउदी अरबमा चलाएको प्रोजेक्टमा ७ जना कर्मचारीहरूको नियुक्ति र कम्तिमा ८२ जनाको हवाइ टिकट खरिदमा गम्भिर अनियमितता गर्न यिनको हस्तक्षेप र भूमिका रहेका तथ्यहरू भेटिएकाछन जसको ILO हेड क्वार्टरले नै अहिले गम्भिर छानबिन गरिरहेको छ । यो अधिवेशनले यिनको यथार्थ हैसियत देखाइदिएको छ भन्दा अतिशयोक्ति नहोला ।

https://www.facebook.com/messenger_media?thread_id=3830585143666767&attachment_id=333600008195493&message_id=mid.%24gAA2b5ZrFKE9_oM49wl5b4c0e0HUy

 

(ग) मध्यपुर्ब

३- इज्राइल र प्यालेस्टाइन बिचको युद्ध खतरनाक मोडमा पुगेको छ । पछिल्ला केही दिनदेखि प्यालेस्टाइनले इज्राइलको एक केमिकल प्लाण्टलाइ लक्ष बनाइ आत्मघाती ड्रोन प्रहार गरिरहेको छ । यो केमिकल प्लाण्टले बिशाक्त रशायन तथा ग्यांस उत्पादन गर्दछ, जसमा क्षति पुगेमा ग्यांस हावामा फैलिन गइ मानिसको मृत्यु हुनसक्दछ । युद्ध रोक्ने प्रयासहरू पनि भैरहेकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Sixty-Five Nepali residents Doctors at AIIMS in India are tirelessly treating COVID-19 patients without payment. The All-India Institute of Medical Sciences (AIIMS), the premier medical institute of India, has been reluctant to recognize even our basic human rights, Nepali Doctors say. We have come to India for a post-graduate or doctoral level three-year residency training in MD/MCH/MDS/DM in many different specialties and super-specialties at AIIMS. But, because of the raging pandemic, we are bound to care for COVID patients only. Nepal Government issued NOC to us, Indian Government does not care about us!

 

(घ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती पुरै बिश्व, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा हेर्दा आज नेपाल मात्र यस्तो देश छ जहां कोभिड संक्रमणको समग्र स्थिति अझै खस्किदो र चिन्ताजनक छ, हामीले अनुगमन गरिरहेका भारत, खाडी लगायतका सबै मुलुकहरू र बिश्वमै पनि समग्रमा स्थिति सुधारोन्मुख हुंदै गएको देखिन्छ ।

Leave a Reply