श्रमिक सूचना र सन्देश – ३७३

८ मइ २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- टेकु अस्पतालका कोभिड डाक्टर डा. अनुप वास्तोलाले २ महिना सबै जुटेर कोभिड बिरूद्ध लड्न भनेकाछन । सरकारले लकडाउन गरेको छ । यहीबीचमा आम नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा अबको दुई महिनामा केही केस घटाउन सकिन्छ कि भन्ने आशा जागेको छ । यो हाम्रो लागि मात्रै होइन, हाम्रो पुस्ताकै लागि खराब समय हो ।

अहिले निजी होस् कि सरकारी, कुनै अस्पतालले पनि नाफा नहेरौँ । भएका स्रोत–साधनको समुचित प्रयोग गरौँ । जनशक्ति व्यवस्थापनमा लागौँ । बेडहरू सधैँ प्याक हुँदैनन् । बेड भरिने, खाली हुने क्रम भइरहन्छ । व्यवस्थापन बेडको होइन भिडको गर्नुपर्नेछ ।

कस्ता बिरामी भर्ना गर्ने भन्ने योजना अब सबै अस्पतालले बनाउनुपर्छ । अक्सिजन दिएर राखेका बिरामीको स्वास्थ्यमा सुधार छ भने बेडमा राखिरहनुपर्दैन । अर्को गम्भीर बिरामीलाई भर्ना गर्ने र सुधार भएकालाई काउन्सिलिङ गरेर घर पठाउनुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना गरिरहेका छौँ ।

निजी–सरकारी गरेर हजारौँ बेड राजधानीमा मात्रै छ । कोभिड अस्पतालबाहेक सबै अस्पताल खाली छन् । ओपिडी सेवा बन्द छ । सामान्य शल्यक्रिया रोकिएकाले कोभिडबाहेकका अस्पतालका बेड खाली छन् । ती बेड पनि राज्यले प्रयोगमा ल्याउनुपर्छ । सबै जुटेको खण्डमा क्षति हुँदैन, जुट्न सकेनौँ भने ठूलो क्षति व्यहोर्नुपर्छ ।

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधका फ्रण्ट डेस्कमा काम गर्ने थप कर्मचारी कोभिड संक्रमित बनेपछि दूतावासले थप केही दिन भौतिक उपस्थितिमा सेवा दिन नसकिने जनाएको छ। दूतावासका नियमित कामकाज अब इद पछि मइ १६ तारिखदेखि मात्रै सुचारू हुने सूचनामा जनाइएको छ । यस बिचमा जरूरी काम परे दूतावासका फोन र इमेल प्रयोग गर्न भनिएको छ ।

आप्रबासी कामदार समाज नेपाल दूतावासका कोभिड संक्रमित कर्मचारीहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

 

(ग) मध्यपुर्ब

३- साउदी अरबको ट्राफिक कार्यालय (Moroor)ले यहां भएका दुर्घटनाका तथ्यांकहरूको अध्ययन बिश्लेषण गरी दुर्घटना हुने प्रमुख १० कारणहरू पत्ता लगाएको छ, जुन यस प्रकार छनः

  1. ओभरस्पिड
  2. ड्राइभिङमा एकाग्र नभइ ध्यान अन्तै दिनु
  3. अचानक मोड्नु, प्राथमिकता तोड्नु
  4. अगाडीको गाडिसंग आवश्यक दूरी कायम नगर्नू
  5. ड्राइभिङका बेला निदाउनु
  6. उल्टो दिशामा चलाउनु
  7. जबरजस्ती ओभरटेक गर्नु
  8. थकाइ, रिंग्टा लाग्नु
  9. लगातार लामो समय ड्राइभ गर्नु
  10. ट्राफिक सिग्नल ख्याल नगर्नू, रातोमा पनि चलाउनु ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Senior Delhi Police officials and AIIMS officials have said Chhota Rajan has not died of COVID-19, NDTV has tweeted. The TV had broadcasted this news yesterday.

(घ) कोरोना बिशेष

५- कोभिड संक्रमणको ताजा स्थिती पुरै बिश्व, नेपाल, भारत र नेपालका प्रमुख ५ गन्तब्य मुलुकहरूमा आज यस्तो रहेको छः

 

Leave a Reply