श्रमिक सूचना र सन्देश – ३७१

६ मइ २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- आज मइ ६ तारिख रातिदेखि नेपालले अन्तराष्ट्रि उडानहरू निलम्बित गरेको छ तर भारतसंगको एअर बबल समझदारी मुताविक सातामा एउटा नेपाल एअरलाइन्सले र एउटा इण्डियन एअरलाइन्सले काठमाडौ-दिल्ली-काठमाडौ उडान गर्न पाउनेभएकाछन । यी यात्रीहरूले पनि अब नेपाल उत्रिने बित्तिकै १० दिनको अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको छ र यसका लागि ८ वटा होटलहरू छानिएका छन र बढीमा प्रति ब्यक्ति एअरपोर्ट पिकअप, पिसिआर, खाना सहित सबै सुबिधा दिनेगरी दैनिक प्रतिब्यक्ति रू. ३,००० सम्म लिनपाउने दर पनि तोकिदिएको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबले १ करोड भन्दा बढी अर्थात कुल जनसंख्याको २९% लाइ कोभिड भ्याक्सिन लगाइदिएको छ । देशैभरीका ५८७ खोप केन्द्रहरूबाट दैनिक १,४७,५५२ डोजका दरमा यो खोप अभियान चालु छ । साउदी अरबमा ९६% कोभिड संक्रमित निको भैसकेकाछन । संक्रमन घटेर दैनिक १०० भन्दा कम झरिसकेकोमा पछिल्ला दिनमा पुनः बढेर दैनिक १ हजार नाघेका आंकडा छन । नेपाली राजदूतावास रियाधले कोभिड संक्रमणको दोस्रो लहरबाट जोगिन सूचना सार्वजनिक गरेको छ ।

(ग) मध्यपुर्ब

३- कतारका महान्यायधिवक्ताले कतारका अर्थमन्त्री अलि शरीफ अल इमादीलाइ गिरफ्तार गर्ने आदेश दिएकाछन । महान्यायाधिवक्ताले अर्थमन्त्रीले अख्तियार दुरूपयोग गर्दै कतारको सरकारी कोषको अपचलन गरेको ठहर गरेकाछन ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Nepal’s Minister for Health and Population (MoHP), Hridayesh Tripathi said that no commission will be provided while purchasing COVID-19 vaccines.

The remarks of Tripathi comes in the wake of reports that the Serum Institute of India– the manufacturer of Covishield vaccines– has asked for a commission amount when Nepal approached it to purchase additional 5,000,000 doses of COVID-19 vaccines. Minister Tripathi said that the government will not give commission to anyone.

According to Minister Tripathi, Nepal had earlier purchased each dose of Covishield vaccine at the cost of US $ 4 dollars which can now cost up to 5 to 6 dollars. “We are involving the private sectors in vaccine procurement soon,” he added.

(ङ) कोरोना बिशेष

५- कोभिड संक्रमनको खतरनाक दोस्रो लहर (2nd Wave) नेपाल, भारत लगायत बिभिन्न देशहरूमा देखा परेपछि र यसकै कारण जनजिवन पुनः सकसपूर्ण बन्न थालेपछि आप्रबासी कामदारहरू पनि चिन्तित हुनु स्वाभाविक हुनआउंछ । यसैले हामीले यस अघि साप्ताहिक रूपमा दिनेगरेको प्रस्तुतीलाइ पुनः यो मइ महिनाभर दैनिक अपडेट गर्नेभएकाछौं, सूचीमा नेपालमा प्रत्यक्ष प्रभाव पार्ने भारतलाइ पनि समावेश गर्दै अनि पछिल्लो २४ घण्टामा देखिएका नयां संक्रमणका आंकडाहरूलाइ पनि उपलब्ध भएसम्म समावेश गर्दै । यसै सृंखलामा आजको ताजा स्थिति यस प्रकार रहेको छ ।

Leave a Reply