श्रमिक सूचना र सन्देश – ३७०

५ मइ २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई कोभिड संक्रमित बिरामीहरूबाट सरकारले तोकेको भन्दा बढी शुल्क लिएकोमा स्पष्टीकरण सोधेको सिडियो काली प्रसाद पराजुलीलै जानकारी दिएकाछन ।

सरकारले ICU मा राखेर उपचार दिइने बिरामीहरूबाट बढीमा दैनिक रू. १५,००० सम्म लिन पाउने भनेकोमा KMC ले दैनिक रू. ३०,००० र Hams ले दैनिक रू. ५०,००० सम्म लिएको सामाजिक सञ्जालमै आएपछि सिडियोले मागेको स्पस्टिकरण उचित नभए अस्पताललाइ कार्बाही गरिने बताएकाछन ।

 

(ख) साउदी अरब

२- साउदी अरबबाट मार्च २०२१ मा आप्रबासीहरूले १४.०५ अर्ब साउदी रियाल रेमिटान्स पठाएकाछन । गतः बर्ष यहि अवधिको तुलनामा यो १५% ले बढी छ ।

 

(ग) मध्यपुर्ब

३- साउदी अरबले भारत लगायतका देशमा फैलिएको कोभिड संक्रमनको दोस्रो लहर र यसबाट उत्पन्न संकटमा राहत प्रदान गर्ने सदाशय राख्दै त्यस तर्फ निर्यात हुने तेलको मूल्यमा प्रति ब्यारल १० देखि ३० सेन्टसम्म छुट दिने (घटाउने) भएको ब्लुम्बर्गमा उल्लेखित छ । साउदी अरब बिश्वकै सर्वाधिक तेल उत्पादक मुलुक हो भने भारत बिश्वकै सर्वाधिक तेज आयात (खपत) गर्ने तेस्रो ठूलो मुलुक र कोभिड संक्रमणम अमेरिका पछि दोस्रो सर्वाधिक संक्रमित मुलुक हो ।

(घ) अन्तराष्ट्रिय (International)

4- The UK and India have struck a deal allowing thousands of young adults to work and live in each other’s countries for two years.

The Home Office said the scheme for 18 to 30-year-old professionals would allow “the brightest and best” to come to the UK based on “skills and talent”.

It added that the two countries would also “crack down” on illegal migration.

The new scheme comes as the UK is pushing for a post-Brexit free-trade deal with India.

(घ) कोरोना बिशेष

५- कोभिड संक्रमनको खतरनाक दोस्रो लहर (2nd Wave) नेपाल, भारत लगायत बिभिन्न देशहरूमा देखा परेपछि र यसकै कारण जनजिवन पुनः सकसपूर्ण बन्न थालेपछि आप्रबासी कामदारहरू पनि चिन्तित हुनु स्वाभाविक हुनआउंछ । यसैले हामीले यस अघि साप्ताहिक रूपमा दिनेगरेको प्रस्तुतीलाइ पुनः यो मइ महिनाभर दैनिक अपडेट गर्नेभएकाछौं, सूचीमा नेपालमा प्रत्यक्ष प्रभाव पार्ने भारतलाइ पनि समावेश गर्दै अनि पछिल्लो २४ घण्टामा देखिएका नयां संक्रमणका आंकडाहरूलाइ पनि उपलब्ध भएसम्म समावेश गर्दै । यसै सृंखलामा आजको ताजा स्थिति यस प्रकार रहेको छ ।

Leave a Reply