श्रमिक सूचना र सन्देश – ३६८

४ मइ २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेको छ । बैंकबाट उपमहानगरले बनाएको आइसोलेसन सेन्टर, होटल आइसोलेसन तथा होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन लगेर दिइने छ । उपमहानगर कार्यालय परिसरमा स्थापना भएको अक्सिजन बैंकमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुनेगरी व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

यसै बिच नेपालमै सुरजराज पाण्डेको समूहले कोभिड कनेक्ट नेपाल https://covidconnectnp.org/ नामक एप मार्फत अक्शिजन सहितको अस्पतालको बेड चाहिने कोभिडका बिरामीहरूलाइ यो सुविधा दिलाउने गरेकाछन । वैशाख १६ गतेदेखि अभियान थालेका उनीहरुले डेढसय जनालाई अक्सिजनसहितको बेड, आईसीयू तथा भेन्टिलेटर सहयोग गरिसकेका छन् ।

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाध साउदी अरबका १ जना कर्मचारी कोभिड संक्रमित भएपछि आज मइ ४ देखि ६ सम्म ३ दिन र मइ ७ तारिख शुक्रबार दिइने भनिएको पासपोर्टको बिशेष सेवा पनि दिन नसकिने जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३- खाडीमा दलाल प्रबृत्तिका नेपालीहरूले नै नेपालीहरूलाइ ठगेर, अलपत्र पारेर पछि उद्धारको नाटक गर्दै आफ्नो अबैध र अनैतिक धन्दा चलाइरहेकाछन । मानव तस्कर, सुन तस्कर र मुद्रा तस्कर (हुण्डीवाला) सबैको सम्मिश्रण र मिलेमतोमा यो धन्दा निर्बाध चलिरहेको छ । काठमाडौ एअरपोर्टका भञ्सार अधिकृत ठाकुर गौतमका मुताविक दुख पाएका, जेल बसेर छुटेका, टिकट काट्न नसकेका ब्यक्तिहरूलाइ उद्धार गरेजस्तो गरेर नेपाल पठाउने र लगेजमा थाहै नपाउने गरी सुन राखिदिने गर्दै आएकाछन । दुबइबाट फर्केका ५ जनाबाट हिंजो सोमबार १ किलो सुन पक्राउ परेपछि यो धन्दाको नविनतम खुलासा भएको हो । तस्करहले उनिहरूलाइ बोकाएको लगेजभित्र स्पिकरको चुम्बक हुने ठाउंको क्वाइलमा राखेर सुन पठाएका थिए । सुन पठाउने र एअरपोर्टमा सुन लिन जाने दुबै ब्यक्तिहरू अहिले फरार छन ।

  

 

(घ) अन्तराष्ट्रिय (International)

4- Government of Nepal has decided to call back the Nepali Ambassador to Australia, Mahesh Raj Dahal.

A cabinet meeting on Sunday decided to call back Dahal, who was sent to the Canberra mission in November 2019 after incumbent Lucky Sherpa was drawn into a controversy related to a human trafficking charge in early 2019.

Dahal is close to the CPN-Maoist Centre Chairman Pushpa Kamal Dahal, and it is reported that his political belief was the reason for being called back.

 

(घ) कोरोना बिशेष

५- कोभिड संक्रमनको खतरनाक दोस्रो लहर (2nd Wave) नेपाल, भारत लगायत बिभिन्न देशहरूमा देखा परेपछि र यसकै कारण जनजिवन पुनः सकसपूर्ण बन्न थालेपछि आप्रबासी कामदारहरू पनि चिन्तित हुनु स्वाभाविक हुनआउंछ । यसैले हामीले यस अघि साप्ताहिक रूपमा दिनेगरेको प्रस्तुतीलाइ पुनः यो मइ महिनाभर दैनिक अपडेट गर्नेभएकाछौं, सूचीमा नेपालमा प्रत्यक्ष प्रभाव पार्ने भारतलाइ पनि समावेश गर्दै अनि पछिल्लो २४ घण्टामा देखिएका नयां संक्रमणका आंकडाहरूलाइ पनि उपलब्ध भएसम्म समावेश गर्दै । यसै सृंखलामा आजको ताजा स्थिति यस प्रकार रहेको छ ।

Leave a Reply