6Oct23
(क) नेपाल
१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँमा विदेशबाट नेपाल फर्कँदा यात्रुले ल्याउन पाउने, ल्याउन मिल्ने र नमिल्ने वस्तुहरूको सूची सार्वजनिक गरेको छ । भञ्सार कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गो मार्फत आफ्नो परिवारलाई पठाउँदा Emergency light, Power bank, Iron, Hair dryer, Mixture (Grinder) र पानी तान्ने मेशिन पठाउने गरेको पाइएको छ। यस्ता सामानहरु X-Ray Machine मा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर , फुट्याएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसबाट सेवाग्राहीलाई पुग्न गएको क्षतिप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ। तसर्थ विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरु नपठाउनुहुन र नल्याउनुहुन सम्पूर्णमा सादर अनुरोध समेत गरेको छ ।
(ख) साउदी अरब
२. सन २०२२ सम्म तिब्र दरमा आर्थिक बृद्धी गर्दै आएको साउदी अरबको अर्थतन्त्र यो बर्ष २०२३ मा केही खुम्चिने भएको बिश्व बैंकलाइ उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ । यसको मुख्य कारण साउदी अरबले तेल उत्पादनमा गरेको कटौति नै जुन तेल ने राष्ट्रिय गार्ह्स्थ उत्पादन र आय रहेको साउदी अरबका लागि तेलको मुल्य बढेता पनि उत्पादन घटाउंदा यो ह्रास आएको आकलन गरिएको छ ।
(ग) मध्यपुर्ब
३. पाकिस्तानको प्रहरीले पाकिस्तानमा हत्या तथा अन्य अपराध गरी बिदेशिएका अमानत अलिलाइ साउदी अरबबाट र मोहमद सलिल, मसूद हुसैन र मोहमद उमर शाहजादलाइ यूएइबाट इन्टरपोलको सहायतामा पाकिस्तान झिकाइ कार्बाही चलाएको छ ।
घ) अन्तराष्ट्रिय (International)
- A supermarket in Australia and its Indian-origin owner are facing legal action for underpaying a migrant worker from India, owing him more than A$68,000.
Australian regulatory authority Fair Work Ombudsman (FWO) has commenced legal action against Darwin-based Om Shiva Foods Pty Ltd, trading as Wulagi Supermarket, and the company’s sole director Vinay Madasu.
The regulator investigated after receiving a request for assistance from a casual retail assistant, a visa holder from India, who was employed at the supermarket between February 2020 and August 2021.