श्रमिक सूचना र सन्देश – ३६६

 १ मइ २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपालको स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेकाले सबैलाइ अस्पतालमै राखेर उपचार गर्न नसकिने जनाएको छ । सरकारको यहि निर्णय उद्धृत गर्दै नारायणी अस्पताल बिरगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा. सञ्जय ठाकुरले पनि भने – “अब अस्पतालको मुख ताकेर हुन्न। अस्पतालमा गम्भीर केस मात्र राख्न सरकारले नै भनेको छ । बेडबाट उठ्न नसक्ने, अक्सिजन कमी हुने, अक्सिजन नपाए मर्ने अवस्था छ भने भर्ना लिने हो । होम वा कम्युनिटी आइसोलेसनमा बस्दा हुने बिरामीले बेड ओगटेर अकुपाई गरेका छन् । यसरी त गम्भीर संक्रमितले बेड नपाएर मर्नुपर्ने अवस्था आउँछ । म विनम्र आग्रह गर्छु– संक्रमण देखिंदैमा अस्पताल नआइदिनुस् । डाक्टर साहेबहरुले पनि त्यस्ता बिरामीलाई अस्पताल नपठाइदिनुस् ।“

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले नविकृत पासपोर्टहरू लिन आउन सूचना जारी गरेको छ ।

“नयाँ राहदानी लिन आउनेसम्बन्धी सूचना !

———

राहदानी नविकरणका लागि मिति ६ अप्रिल २०२१ सम्म आवेदन पेस गर्नुभएका संलग्न लिष्टमा नाम भएका आवेदकहरूको राहदानी बनेर राजदूतावासमा आइसकेको हुँदा आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा यथाशीघ्र सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

साथै, पूर्वी क्षेत्र (दमाम, जुबेल र खोबर) बाट आवेदन दिनुभएकाहरूको लागि नयाँ राहदानी लिन आउने तालिका आगामी आइतबार प्रकाशन गरिने छ ।

————–

नेपाली राजदूतावास, रियाद ।

१७ वैशाख २०७८ (30 April 2021)”

(ग) मध्यपुर्ब

३- कतार एअरवेजको कार्गो सेवाले भारतमा फैलिएको दोस्रो कोभिड महामारीमा भारतलाइ सघाउन बिश्वभरीबाट ३०० टन कोभिड उपचार तथा सावधानीमा अत्यावश्यक सामाग्रीहरू फ्रि मा भारतका बिभिन्न शहरका एअरपोर्टमा पुर्याइदिनेभएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Australia has banned, criminalized arrivals from COVID-hit India.

Starting May 3, Australian residents and citizens may face fines and jail time if they choose to fly home from COVID-hit India, BBC says.

 

(ङ)  आ.का.स. बिशेष

५- आज मइ १ तारिख आप्रबासी कामदार समाज (आकास) नेपालको स्थापना दिवस पनि हो । यहि अवसरमा आकासले बार्षिक प्रतिवेदन संस्थाको वेभमा अलग्गै प्रस्तुत गरेको छ जसलाइ तलको लिंक मा पढ्न सकिन्छ ।

https://migworksnepal.org/?p=3748

Leave a Reply