श्रमिक सूचना र सन्देश – ३५७

२२ अप्रिल २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपालको वैदेशिक रोजगारमा ठूलो गिरावट आएको छ । गतः बर्ष चैत्र मसान्तसम्ममा कूल ३ लाख ६८ हजार नेपाली बैदेशिक रोजगारकार लागि बिदेशिएकोमा यो बर्षको सोही अवधिमा ९० हजार मात्र गएकाछन । पुनः श्रम स्वीकृति लिनेको संख्यामा समेत ३ गुनाले गिरावट आइ १ लाख ७७ हजार १ सया ८० बाट ५४ हजारमा झरेको छ । यसको प्रत्यक्ष असरमा नेपालमा भित्रिने रेमिटान्समा पर्ने निश्चित छ ।

सरकारले स्वदेशमै रोजगार श्रीजना गर्ने अनेक पाल्सी कुरा गरेपनि अन्ततः अशक्तता देखिएको छ । स्वेदशमा रोजगारी सिर्जना गर्ने नाममा प्रधानमन्त्रीकै नाम जोडेर कार्यक्रम ल्याए पनि कार्यक्रमले अपेक्षित रोजगारी त सिर्जना गर्न सकेन नै, विनियोजन गरेको बजेट पनि खर्च गर्ने नसकेकाले राष्ट्रिय नीति निर्माताहरूले समेत गम्भिर मुल्यांकन र समिक्षा गर्नुपर्ने बेला आएको छ ।

                    

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले भागेर अबैध तवरमा काम गर्दा गम्भिर दुर्घटनामा परेका हरैंचा-९, मोरङका बेद बहादुर भुजेलको उद्धार गरी आज स्वदेश पठाएको छ । अस्पतालमा ३ महिनासम्म अचेत अवस्था (कोमा) मा रहेका उनको उपचारमा ८ लाख २३ हजार साउदी रियाल (ने.रू. अढाइ करोड भन्दा बढी) खर्च भएको थियो, जुन रकम भागेर अबैध हैसियतमा रहेकाले कसैले पनि ब्यहोर्न तयार नहुंदा दूतावासले जिम्मा लिनुपरेको थियो । दूतावासले अन्ततः उपचार खर्च मिनाहा गरायो । दूतावासले यस प्रकरणमा बेद बहादुरलाइ नेपालबाट पठाउने एजेन्सी र साउदी रोजगारदाता दुबैलाइ जिम्मेवार ठहर्याउंदै २५-२५ हजार गरी जम्मा ५० हजार रियाल संकलन गरी उक्त रकम बेद बहादुरको कानुनी प्रतिरक्षाका लागि सदुपयोग गर्नु बिशेष महत्वपूर्ण र सह्रानिय छन । आम श्रमिक समुदायले लिने शिक्षा फेरी पनि के हो भने भागेर अबैध हैसियतमा कसैले पनि काम गर्नुहुन्न, यो दण्डनिय र जोखिमपूर्ण अभ्यास हो, भागेर दुर्घटनामा पर्ने जो कोही नेपाली बेद बहादुर जस्तै भाग्यमानी नहुनसक्छन जसले दूतावासको बिशेष पहलमा रू. अढाइ करोडको उपचार खर्च मिनाहा पाए ।

 

(ग) मध्यपुर्ब

३- बितेको ५ दिनमा १४ हजार बंगलादेशी कामदारहरू साउदी अरब, कतार, ओमान र सिंगापुर उडेका छन । यी कामदारहरूको बैदेशिक रोजगारलाइ बंगलादेश सरकारले उच्च महत्व र प्राथमिकता दिंदै गतः १५ अप्रिलमा बिशेष निर्णय गर्दै राष्ट्रिय ध्वजाबाहक बिमानमै कामदारहरूलाइ तिनका गन्तब्य मुलुकहरूमा पुर्याएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- India is struggling to cope with the soaring numbers Covid infection – it recorded some 314,835 new coronavirus cases in the past 24 hours, while deaths rose by 2,104. It has close to 16 million confirmed cases, second only to the US.

Crowds have formed outside hospitals in major cities which are filled to capacity. A number of people have died while waiting for oxygen.

Delhi legislature member Mr. Saurabh Bharadwaj posted a plea for help in Hindi on Twitter from his hospital bed, saying there were just three hours of oxygen left.

“A lot of people are dependent on oxygen and without oxygen, these people will die just like fish die in the absence of water,” he said, according to a translation by news channel NDTV. “This is a time for all to come together to work.”

 

(ङ) आ.का.स. बिशेष

५- आप्रबासी कामदार समाज नेपालले नेपालको वैदेशिक रोजगार बिभागको टोल फ्रि सेवा हाल बन्द भएकोमा सो सुचारू गर्न साथै साउदी अरबमा श्रम स्वीकृति लिइ आएका ८२ जनाको हवाइ टिकट ILO बाट काट्नु पर्दा नेपालको सर्वोच्च अदालतको आदेश, राजपत्रमा प्रकाशित कोभिड प्रभावित नेपालीको उद्धार निर्देशिका र वैदेशिक रोजगार ऐन २०६४ को एक साथ उलंघन हुनगएकाले सो को छानबिन गर्न वैदेशिक रोजगार बिभागलाइ अनुरोध गरेको छ ।

Leave a Reply