श्रमिक सूचना र सन्देश – ३४८

१३ अप्रिल २०२१

 

भिडियो समाचार

  

(क) नेपाल

१- नेपालको स्वास्थ्य मन्त्रालयले नै प्रक्षेपण गर्यो – आगामी जेठको अन्तिम सातामा नेपालमा दैनिक ११ हजार कोभिड संक्रमित बन्नेछन र कूल संक्रमितहरूको संख्या ६ लाख पुग्नेछ । स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले संक्रमण रोक्न कम्तिमा १ महिना सबै शिक्षण संस्थाहरू बन्द गरी अनलाइन पठन पाठनमा जानुपर्ने बताएका छन । प्रमुख प्रतिपक्षी दल लगायत अरू धेरैको भनाइ छ – नेपाल र नेपालीले थप लकडाउन थेग्न सक्दैनन, बेलैमा बिकल्प र समाधान निकाल्नुपर्छ । अहिले ठूलो संख्यामा साउदी अरब आउनका लागि भारतियहरूले नेपालमा १४ दिनको ट्राञ्जिट रोज्ने गरेका छन, जसबाट संकटग्रस्त नेपालको होटल ब्यवसायलाइ केही राहत मिलेको छ तर परिस्थिती फेरिदै जाने देखिन्छ ।

 

 

(ख) साउदी अरब

२- साउदी अरबमा प्रमुख कार्यकारी तहका कर्मचारीले तलब भत्ता सबै गरी बार्षिक ६.४६ मिलियन साउदी रियाल पाउने गरेका छन । अर्थात मासिक ५ लाख ३८ हजार ३३३ रियाल, नेपाली रूपैयामा यो मासिक रू. १ करोड ६६ लाख ८८ हजार ३३२ हुन आउछ (१ रियालको रू. ३१ हुंदा) । आर्गमले प्रकाशन गरेको सूची मुताविक उनी अल ओथेमका CEO अब्दुलअजिज अब्दुल्ला सालेह अल ओथेम हुन ।

 

(ग) मध्यपुर्ब

३- बहराइनको श्रम मन्त्रालयले रमादानको महिनामा फ्रिमा खाना दिने लगायतका कुनै पनि परोपकारी कार्य गर्न पहिला सरकारी निकायमा दर्ता भएर लाइसेन्स लिन र आफ्ना परोपकारी कार्यक्रमहरूलाइ यस अघिको KIOSK मार्फत हुने गरेकोमा अब सोही प्रयोजनका लागि बनेका वेभ पोर्टल / एप मार्फत पारदर्शिता कायम गरी खुलाएर, सरकारी नियम, शर्त र स्वीकृतिमा स्वास्थ्य सावधानी अबलम्बन गरी गर्न सूचित गरेको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- The US is recommending a “pause” in the administration of the single-dose Johnson & Johnson COVID-19 vaccine to investigate reports of potentially dangerous blood clots.

In a joint statement on Tuesday, the Centers for Disease Control and Prevention and the Food and Drug Administration said it was investigating blood clots in six women in the days after vaccination, in combination with reduced platelet counts.

One woman died and a second in Nebraska has been hospitalised in critical condition, the New York Times reported, citing officials

More than 6.8 million doses of the J&J vaccine have been administered in the US.

Leave a Reply