श्रमिक सूचना र सन्देश – ३४७

१२ अप्रिल २०२१

 

भिडियो समाचार

  

(क) नेपाल

१- एनआरएनए आइसिसीका पदाधिकारीहरूको हिंजो आइतबार भएको बैठकमा उपाध्यक्ष तथा ILO प्रोजेक्टका संयोजक बद्री के सी को राजिनामा माग गरिएको छ । एनआरएनएका मध्यपूर्व संयोजक प्रवीण गुरुङले युएई भ्रष्टाचार प्रकरणले गर्दा सिंगो एनआरएनको साख माथि नै नराम्रो धक्का लागेको भन्दै छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने यो बेलामा उक्त परियोजनामा भएको अनियमितताको छानबिनमा असर पर्न सक्ने भएकाले नैतिकताको आधारमा उक्त परियोजनाका संयोजक तथा केन्द्रिय उपाध्यक्ष डा. बद्रि केसीको राजिनामा मागेका हुन । उपाध्यक्ष केसीकै निर्देशनमा अनियमितता भएको र केसीले नै अनियमिततामा संलग्नलाई बचाउने प्रयास गरिरहेको कतिपय अन्य आइसीसी पदाधिकारी तथा सदस्यहरुको पनि दाबी छ । उक्त बैठकले एनसिसी युएइका अध्यक्ष र उपाध्यक्ष दुबैलाइ निलम्बन गरेको छ । उनिहरूमाथि छानबिन समितिले नै ६२,७०० दिह्राम घोटाला गरेको प्रतिवेदन बुझाएको थियो।

साउदी अरबको छानबिन समितिले रिपोर्ट बनाएको छैन, यसको अर्थ यहां अनियमितता भएको छैन, भन्ने हैन । यहां उत्पन्न १८ प्रश्नहरू जो आजसम्म अनुत्तरित छन, ले नै यहां झनै ठूलो घोटाला (अनियमिता) भएको तर्फ संकेत गरिरहेको छ । छानबिन समितिकै एक सदस्य भन्छन – “के कसो गरिएको हो ? भन्ने जानकारी नै पाइएन, अध्ययन गर्दैछु, अरूले के गर्छन? थाहा भएन, तर म चैं ढाकछोप गर्ने पक्षमा छैन” । युएइ र साउदी अरबको धरातलिय बस्तुस्थितिमा प्रमुख फरक के हो भने युएइमा भिजिट भिषा, जो श्रम स्वीकृति नलिइ आएका हुन्छन र त्यसैले नेपालको र बिदेशको पनि श्रम कानुन मुताविक संरक्षित हुंदैनन, आइ अलपत्र पर्नेको संख्या ठूलो थियो भने साउदी अरबमा सबै नै श्रम स्वीकृति लिएरै आएका हुन्छन त्यसैले नेपालको र साउदी अरब दुबैका श्रम कानुन मुताविक हक, अधिकार सम्पन्न हुन्छन । उनिहरूको सुरक्षित उद्धारका लागि नेपालको सर्वोच्च अदालतले आदेश जारी गरेको थियो, नेपाल सरकारले बिदेशमा कोभिड प्रभावित नेपालीहरूको उद्धार निर्देशिका जारी गरेको थियो, बैदेशिक रोजगार बोर्डले रू. ७५ करोड बजेट बिनियोजन गरेको थियो र नेपाली दूतावासले प्रभावित (पीडित)हरूबाट निवेदन आह्वान गरेको थियो । तर एनआरएनए साउदी अरबले गुपचुपमा कम्तिमा ८२ जनाको हवाइ टिकट काटेको अपुस्ट जानकारी छ, ती ८२ जना पीडित को थिए, के आधारमा तिनको टिकट काटिदिनुपर्यो र काटियो अनि अरू कैयन पीडितहरूले किन त्यो सहयोग पाउन सकेनन? जस्ता प्रश्नको जबाफ यसकारण पनि आएका छैनन किनकि त्यस्तो पारदर्शिता कायम गरियन  र सर्वमान्य बिधि, पकृया र मापदण्ड पनि अबलम्बन भएनन! अर्थात हंचुवामा चल्यो प्रोजेक्ट।  

 

 

(ख) साउदी अरब

२- साउदी अरबले कोभिड भ्याक्सिनको पहिलो डोजलाइ प्राथमिकता दिइ अभियानका रूपमा तिब्र पार्दै अधिक जनसंख्यालाइ भ्याक्सिनको पहिलो डोज दिने भएको समाचार छ। भ्याक्सिन निर्माताहरू उच्च मागको दबावमा परी अर्डर भैसकेको भ्याक्सिनको डेलिभरीमा समेत ढिलाइ हुने अवस्थामा दोस्रो डोजको सेड्युललाइ केही पर सारेर (Postpone गरेर) पनि पहिलो डोज दिने जनाइएको छ ।

 

(ग) मध्यपुर्ब

३- कतारले मिसाइदमा ५० करोड डलरको थप लगानीमा राशायनिक मल कारखानालाइ बिस्तार गर्नेभएको छ । यसका लागि टेण्डर आह्वान गरिएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Myanmar’s deposed civilian leader Aung San Suu Kyi was in court on Monday, as it emerged she may not even be aware of the bloodshed that has unfolded since the military seized power more than two months ago.

According to the Assistance Association for Political Prisoners, the junta’s tough crackdown on dissent has seen more than 700 civilians killed in Myanmar since the coup.

Her lawyers, however, have only been able to discuss legal issues via a video link.

“No, we haven’t, we could only talk about legal matters,” lawyer Min Min Soe told Reuters when asked if her legal team had been able to talk to her about the protests.

Leave a Reply