श्रमिक सूचना र सन्देश – ३४६

११ अप्रिल २०२१

 

भिडियो समाचार

  

(क) नेपाल

१- महेन्द्र राजमार्गको बुटवल-नारायणघाटको ११३ किमी लामो खण्डलाइ स्तरोन्नति गर्दै बन क्षेत्रमा ४ लेन र मानव बस्तीमा ६ लेनको बनाउने परियोजनामा २ बर्षमा ४ प्रतिशत मात्रै काम भएको छ । ठेक्का सम्झौता बमोजिम यो सडक परियोजना आगामी बर्ष २०२२ को अगस्तमा सम्पन्न भैसक्नुपर्नेछ । बिकास निर्माणका ठूला ठूला कुरा गर्ने र हालै मात्रै सैयौं सडक परियोजनाहरूको एकसाथ उदघाटन गर्नुभएका प्रधानमन्त्री के पी शर्मा वलीलाइ यो सडक परियोजनामा हासिल प्रगतिले नराम्ररी गिज्जाउंदै “हावादारी, गफाडी” बनाइदिएको छ भन्ने एकथरी आलोचकहरुको टिप्पणी छ।

 

(ख) साउदी अरब

२- साउदी आरामकोले आज ११ अप्रिल देखि लागू हुनेगरी पेट्रोलको मूल्य बृद्धि गरेको छ । पछिल्लो समयमा साउदी अरबमा पेट्रोलको मूल्यमा मासिक हेरफेर गरिदै आएको छ । पेट्रोल ९५ र पेट्रोल ९१ दुबैमा लगातार बृद्धी भैरहेको छ जब कि साउदी अरबले डिजल, मट्टीतेल र ग्यांस (LPG) को मुल्य भने यथावत (स्थिर) राखेको छ । अहिले १.९९ रियाल प्रति लिटर पर्ने पेट्रोल (बेञ्जिन) ९१ केहि बर्ष अघि ०.४१ रियाल प्रतिलिटरमा पाइन्थ्यो अर्थात झण्डै ५ गुना (४८५%) मुल्यबृद्धी भएको छ ।

 

(ग) मध्यपुर्ब

३- युएइको अर्थ मन्त्रालयले आर्थिक कारोबार तथा आर्जन गर्ने गैर ब्यापारिक संस्था तथा पेशाकर्मीहरू (Professionals) लाइ समेत युएइको संघिय कानुन २०१८ को दफा २० बमोजिम एन्टि मनिलण्ड्रिङ पोर्टलमा दर्ता गर्न भनिएको छ । यो दर्ता अनिवार्य र निशुल्क छ र समय सिमा थप्न माग भएपछि यहि अप्रिल ३० तारिखसम्म दर्ता गर्न दिइने भएको छ । दर्ता नगर्नेहरूलाइ ५० हजार देखि ५० लाख दिह्राम सम्मको जरिमाना तोकिएको छ । युएइमा सबैका आर्थिक गतिबिधिहरू पारदर्शी र नियम संगत बनाइ आर्थिक अनुशासन कायम गर्न यो कदम चालिएको बताइएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- China’s Centers for Disease Control (CDC) acknowledged the low efficacy of two COVID-19 vaccines produced by state-owned companies for the first time on Saturday.

Gao Fu, the director of China’s CDC, said at a conference that two vaccines produced by Chinese companies Sinovac and Sinopharm “don’t have very high protection rates,” The Associated Press reported while noting that the country’s foreign ministry says nearly two dozen countries have accepted the vaccines for distribution.

He also said that officials are now considering the approval of other vaccines for distribution.

Leave a Reply