श्रमिक सूचना र सन्देश – ३४५

१० अप्रिल २०२१

 

भिडियो समाचार

  

(क) नेपाल

१- चितवनको ठिमुरा र तनहुंको घिनाटार जोड्ने त्रिशुली नदिमाथिको २२० मिटर लामो ८.५ मिटर चौडा पुल कंक्रिट ढलान गरेको २१ दिनमै भत्किएको छ । सन २०१७ मा १६ करोडमा ठेक्का दिइएको यो पुल निर्धारित समयमा निर्माण हुन नसेकपछि समय र बजेट पनि थपी रू. २१ करोड ६८ लाख पुराइएको थियो । नेपालमा निर्माणाधिन या निर्माण सम्पन्न लगत्तै पुल लगायतका भौतिक संरचना भत्किने घट्ना यो नै पहिलो हैन । “पूर्वाधार निर्माणमा हेलचेक्रयाइ” शिर्षकको सम्पादकियमा नागरिक न्युजले लेखेको छ – काममा ठेकेदारको लापरबाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनुपर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायत कारण कतिपय संरचना निर्माणकै चरणमा त कतिपय निर्माण सकिएको केही समयमै भत्किने गरेका छन्।

(ख) साउदी अरब

२- साउदी अरबले ४६ करोड ५० लाख साउदी रियाल मनि लण्ड्रिङ गर्ने गिरोहलाइ सप्रमाण भेटाएको छ । यसमा केही साउदी नागरिकहरू र १६ जना अन्य अरब मुलुकका आप्रबासी रहेको SPA को समाचारमा खुलाइएको छ । यिनिहरूलाइ १०६ बर्ष जेल सजाय र १० लाख ८० हजार रियाल जरिमाना गरिएको छ । गिरोहबाट केही रकम नगदै, केही बैंक खाताहरूबाट र थप केही पठाइएका मुलुकहरूबाटै समेत वापसी लिने सरकारी अधिकारीहरूको प्रयास छ ।

(ग) मध्यपुर्ब

३- ओमानमा १००% ओमानीलाइ मात्रै रोजगार दिने निर्णय भएको छ । यो निर्णय सरकारका तर्फबाट नभइ ओमानमा चेन रेस्टुरेण्ट चलाइरहेका एक ओमानीले गरेका हुन । उनले ओमानको श्रम मन्त्रालयलाइ ओमानी नागरिक भर्ना गर्न मदत मागेकोमा मन्त्रालयले उनलाइ सबै खाले अधिकतम मदत गर्ने बताएकाछन ।

(घ) अन्तराष्ट्रिय (International)

4- Bangladesh High Commissioner to Malaysia Md Golam Sarwar today said several initiatives have been taken with digital platforms like “ChakrirKhoj” to help migrant workers get rid of middlemen or agents in their job searches, making the entire process transparent and hassle-free.

“There’ll be no scope of fraudulence or getting cheated (by agents). We’ll remain careful always so that no one gets cheated,” he said while exchanging views with the members of Diplomatic Correspondents Association, Bangladesh (DCAB) virtually.

Leave a Reply