श्रमिक सूचना र सन्देश – ३४४

९ अप्रिल २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको जनाएको छ । मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा उच्च अदालत पाटनको फैसलाले १० वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेकोमा सजाय बेरुजू रही उनी फरार थिए ।

(ख) साउदी अरब

२- लार्सन एण्ड टुर्बो (L & T) कम्पनीले साउदी अरबको रियाद प्रान्तमा १.५ गिगावाट क्षमताको सोलार पावर प्लाण्ट निर्माण गर्न ठेक्का पाएको छ । यो Engineering, Procurement & Construction (EPC) प्रोजेक्ट ३०.८ बर्ग किमीको क्षेत्रमा निर्माण तथा जडान गरिनेछ ।

(ग) मध्यपुर्ब

३- बहराइनमा एक थाइ महिलालाइ झुठो जब अफर दिदै ल्याइ आगमन पश्चात बलजफ्ती बेश्याबृत्तिमा लगाउने ४ एशियन बिरूद्ध अदालतले दिएको फैसलामा पुनरावेदन दिएकोमा बहराइनको उच्च अदालतले पनि पुनरावेदन खारेज गर्दै ४ जनालाइ नै ५ बर्ष जेल र तत्पश्चात देश निकालाको फैसलालाइ सदर गरिदिएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- Nepal’s Foreign Minister Pradeep Gyawanli held a telephone conversation with External Affairs Minister (EAM) S Jaishankar today to release remaining One Million (Out of TWO Million) dozes of Vaccine (COVISHIELD) which was procured by Nepal. Earlier, Nepal had received One Million dose of the vaccine as grant assistance by India to Nepal.

(ङ) कोरोना बिशेष

५- कोभिड १९ को संक्रमन र रिकभरीको स्थिती बिस्वभरी औसतमा, नेपालमा र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूमा अचेल हामी साप्ताहिक (हरेक शुक्रबार) अनुगमन गर्दैछौं, यसै क्रममा आजका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछन।

Leave a Reply