श्रमिक सूचना र सन्देश – ३४२

७ अप्रिल २०२१

 

भिडियो समाचार

                   

(क) नेपाल

१- बिश्व खाद्य तथा कृषि संगठन (FAO) का मुताविक नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको छ । नेपालले अहिले बार्षिक ५ लाख ४८ हजार टन कुखुराको मासु र १ अर्ब ६१ करोड अण्डा उत्पादन गरिरहेको छ । FAO को बेञ्चमार्कमा प्रतिब्यक्ति औसतमा बार्षिक ४८ वटा अण्डा र १४ केजी मासुको उपभोग गर्ने रहेकोमा नेपालको बर्तमान उपभोग दर प्रति ब्यक्ति बार्षिक ६१ अण्डा र १८.१ केजी मासु रहेको छ । नेपालका ७७ मध्ये ६४ जिल्लामा ब्यवसायिक कुखुरा पालन गरिन्छ जहां ५५,८७१ कुखुरा ब्यवसायीहरूले बार्षिक रू. १७ अर्ब मूल्यका उण्डा नै उत्पादन गरिरहेकाछन ।

 

(ख) साउदी अरब

२- साउदी अरबको मानव संशाधन तथा समाज बिकास मन्त्रालयले सबै मलहरूका कामदार तथा मल ब्यवस्थापनमा समेत सबैलाइ साउदीकरण (स्थानियकरण) गरिने, रेष्टुरेण्ट, क्याफेहरू र सुपरमार्केटहरूमा पनि हालको साउदी कामदारहरूको सहभागिता (अनुपात) बढाउने निर्णय गरेको छ । यसबाट थप ५१,००० साउदी नागरिकलाइ रोजगार दिलाउने लक्ष प्रक्षेपित गरिएको छ ।

 

(ग) मध्यपुर्ब

३- कतारले अब बिदेशमा भ्याक्सिन लगाएकाहरूलाइ समेत कतार प्रबेश पश्चात अनिवार्य होटल क्वारेन्टाइन बस्न नपर्ने गरी छुट दिने भएको छ । छुट पाइने भ्याक्सिनहरूमा (क) फाइजर, (२) मोडेर्न, (३) अस्ट्राजेनेका र (४) जोन्सन एण्ड जोन्सन हुनेछन र अन्तिम डोज लगाएको १४ दिन पश्चातमात्र छुट पाउन सकिने जनाएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Non-Resident Nepali Association (NRNA) Portugal has suspended the treasurer of the association for selling fake air tickets. Treasurer Bikram Jung Kunwar has been suspended from the post as soon as the incident of selling fake air tickets became public. Mr. Kunwar who was also associated with Nepali Jana Samparka Samiti, sister organization of Nepali Congress, has also been suspended from General Member of the Committee.

Leave a Reply