श्रमिक सूचना र सन्देश – ३४०

 ५ अप्रिल २०२१

 

भिडियो समाचार

  

                   

(क) नेपाल

१- काठमाडौं सहित देशभर वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञ डा मेघनाथ धिमालले सुझाव दिएका छन्। उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बिशेषतः बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्दै घर बाहिर ननिस्कन अनुरोध गरे। वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे।

 

(ख) साउदी अरब

२- साउदीअरब र नेपालबीच व्यापार प्रबर्धन, नेपाली उत्पादनको साउदीअरबको बजारमा प्रवेश तथा साउदीअरबका बिभिन्न Chamber of Commerce र नेपालको Chamber of Commerce बीच व्यापारिक सम्बन्धको स्थापनाको संभावनाको खोजी गर्ने संदर्भमा दम्माम च्याम्बर आफ कमर्सका चेयरमैन Abdul Hakim bin Hamad Al-Ammar Al- Khalid र साउदी अरबका लागि नेपाली राजदूत प्रो. डा. महेन्द्र प्रसाद सिंह राजपूतका बिच गतः अप्रिल १ तारिखमा दमाममा उत्साहवर्धक भेटवार्ता भएको छ ।

 

(ग) मध्यपुर्ब

३- बहराइनको इथमार बैंकले उक्त बैंकमा खाता हुनेहरूलाइ र उक्त खातामा नै स्यालरी जम्मा हुनेहरूलाइ १५ दिनको तलब पेश्कि (Advance) लिनदिने सुविधा प्रदान गर्ने भएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- India’s daily COVID-19 cases soared by 103,558 on Monday, the biggest such daily increase, data from the health ministry showed, taking the total to 12.6 million, the highest after the US and Brazil.

Deaths jumped by 478, still one of the lowest death rates in the world, raising the total to 165,101.

India has recorded the most number of infections in the past week anywhere in the world.

Leave a Reply