श्रमिक सूचना र सन्देश – ३३९

४ अप्रिल २०२१

 

भिडियो समाचार

  

(क) नेपाल

१- हिंजो सम्पन्न होटल एशोसियसन अफ नेपाल (HAN) को ४७औं बार्षिक साधारण सभाले नेपालमा कोभिड संक्रमन अवधिमा होटल ब्यवसायको समिक्षा गर्दे यो अवधिमा होटल ब्यवसायीहरूले समग्रमा दैनिक रू. १ अर्ब ८० करोडको घाटा ब्यहोर्नुपरेको लेखाजोखा गरेको छ । नेपालमा रू. १ खर्ब ५० अर्ब होटलहरूमा लगानीमा रहेको छ जसमध्य ३० अर्ब बैंकको ऋण छ । हानले सरकारले दिएको राहत प्याकेजमा सन्तोष ब्यक्त गरेको छ तर कोभिड पुर्बको अवस्थामा होटल ब्यवशाय पुग्न अझै लामो समय र सकसबाट गुज्रनुपर्ने बताएको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबमा गतः १४ मार्चदेखि श्रम सुधार कार्यक्रम लागूभएपछि नयां श्रम कानुन तथा ब्यवस्था ब्यवहारमा लागू गरिए नगरिएको यकिन गर्न निजि कम्पनीहरूमा स्थलगत निरिक्षण तिब्र पारिएको छ । गतः मार्च २५-३१ को १ सातामै १७,०५० निरिक्षण गरियो जसमा १,७८२ वटा श्रम कानुन उलंघनका केशहरू भेटिए भने निरिक्षणकै बेला १८६ वटा कोभिड सावधानीका नियम पनि उलंघन गरेको पाइएको छ । मन्त्रालयले उलंघनकर्ताहरूलाइ चेतावनी दिएर नमान्नेलाइ कार्बाही पनि गर्दैरहेका समाचार छन । साउदी अरबमा श्रम कानुन उलंघनका केशहरूलाइ 19911 मा फोन गरेर दर्ता गराउनसकिने ब्यवस्था छ ।

 

(ग) मध्यपुर्ब

३- कतारमा अबदेखि कतार बाहिर जाने यात्रीहरूले कतारका निजि स्वास्थ्य केन्द्रहरूबाट मात्र PCR टेस्ट गराउन सक्नेछन । कतारमा निजी स्वास्थ्य केन्द्रहरूले PCR Test को ४५० रियालसम्मको चर्को शुल्क लिने गर्दछन जुन टेस्ट सरकारी स्वास्थ्य केन्द्रहरूले निशुल्क गरिदिने गरेकाथिए । सरकारी अस्पतालहरू कोभिड संक्रमितहरूको उपचार तथा भ्याक्सिनमा ब्यस्त रहनेहुंदा यो नयां निर्णय गरिएको जनाइएको छ ।

(घ) अन्तराष्ट्रिय (International)

4- In Balochistan Province of Pakistan, government employees are on protest demanding 25% increase in their slaries. Balochistan Chief Minister Jam Kamal Khan said that province would face an additional burden of Rs. 10-15 billion if the demands of protesting employees are met. Expressing concern over the protests, he said if the government employees do their job properly, their salaries would be increased twise. He also urged the protesters to seriously consider the matter and take things in the right direction keeping in view the situation facing the province. The Human Rights Commission of Pakistan (HRCP) is in favor of the protestors.

Leave a Reply