श्रमिक सूचना र सन्देश – ३३४

३० मार्च २०२१

 

भिडियो समाचार

                   

(क) नेपाल

१- कमसल गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले यसबारेमा प्रेश विज्ञप्ती नै जारी गरेको छ, जुन यस लिंकमा पढ्न सकिन्छः http://dftqc.gov.np/ne/noticedetail/82/2021/69515174

Press Release 20771212_1616676036

(ख) साउदी अरब

२- कोभिड भ्याक्सिनमा बिश्वका सबै राष्ट्रहरूको यथोचित ध्यान जाओस भन्ने सदाशय राख्दै साउदी अरबले कोभिड भ्याक्सिन लगाएकाहरूले मात्रै मक्कामा हज उम्रा गर्न आउने गरी नियमावली जारी गर्न लागेको साउदी अधिकारीहरूले अबुधाबीमा आयोजित कोभिड सम्मेलनमा जनाएकाछन ।

(ग) मध्यपुर्ब

३- मध्यपुर्बका बिभिन्न मुलुकहरूमा कोभिड पीडित नेपाली श्रमिकहरूको उद्धारका लागि भनि चलाइएको ILO प्रोजेक्टमा भएका गम्भिर अनियमितता र भ्रस्टाचारहरूको खुलासा हुन थालेकाछन । एनआरएनए आंफैले नेपालको राजनैतिक दलहरूका भातृसंगठनका अध्यक्षहरू नै राखेर बनाएका छानबिन कमिटिहरूमध्य युएइको कमिटिले दिएको रिपोर्ट औपचारिक तवरमा सार्वजनिक नभए पनि मिडियामा आएको छ । यस प्रकरणलाइ बिभिन्न सृंखलाहरूमा क्रमशः चिरफार गर्दै गरेको नेपाल प्लसले युएइमा ६२ हजार दिह्रामको घोटाला (अनियमितता) भएको सप्रमाण खुलासा गरेको छ। युएइको रिपोर्टले सतहमा आएका, देखिएका बस्तुगत बिवरण र उपलब्ध कागजपत्रका आधारमा त्यो निश्कर्ष निकालेको देखिन्छ । जबकि ILO प्रकरणमा बिषयगत, नीतिगत, नैतिक र कानुनी उलंघनहरू पनि भएका छन, जसमध्ये कतिलाइ रकममा परिणत नै गर्न सकिन्न । पीडितलाइ एक छाक खाना दिंदा दिने ब्यक्ति स्वयमले (खल्तिबाट दिएजस्तो गरी, बैयक्तिक जस/श्रेय लिनेगरी) स्वयमलाइ दाता बताउनु, त्यहि सहयोगलाइ म्यानपावर एजेन्सीले आफ्नो भन्नु र दूतावासले पनि त्यहि सहयोगलाइ दूतावासको सहयोग भन्नु, अनि लाखौं, करोडौंको सहयोग राशी उपलब्ध गराएको एनआरएनए स्वयम र ILO को चैं कसैले पनि नामै नलिनु भित्र लुकेका स्वार्थ, बदनियत, अनैतिकता र स्वेच्छाचारिताको नाप जांच र बिश्लेषण गर्नै बांकिछन । एनआरएनएले भने यो प्रकरणमा कति त जो स्वयम यो प्रकरणमा मुछिएकाछन, जसमाथि अनेकन प्रश्न तेर्सिएकाछन, तिनैलाइ नै राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय कमिटिहरूमा राखेर “आंफै बोक्सी, आंफै धामी झांक्री” लाइ चरितार्थ गर्दैछ । जबकि ILO का नेपाल निर्देशक स्वयमले आंफू पनि यसमा मुछिन गएकाले यो प्रकरणलाइ आंफैले हेर्न नमिल्ने परन्तु आंफू भन्दा माथिको, बाहिरको स्वतन्त्र र बिज्ञ टिमले यसको यथार्थ छानबिन गर्ने बताएकाछन ।

https://www.nepalplus.com/2021/03/5898.html?fbclid=IwAR2CnPDCmo0efT2y9jNegSHoz5YbMeFqjnz237xRE0gvBeZH3w7tJkAxni8

(घ) अन्तराष्ट्रिय (International)

4- A Qatari woman is on a quest to complete the Explorers Grand Slam–reaching the summits of the seven highest mountains in the seven continents and the two poles.

After reaching the North Pole, climbing 6,959 metres (22,831 feet) Mount Aconcagua in South America and 5,895 metres (19,340 feet) Mount Kilimanjaro in Africa, Sheikha Asma Al Thani’s sight is now set on Everest.

If she climbs the 8,848.86-metre (29,031. 69 feet) Everest, she will also be the first woman from her country to climb the mountain and 472nd from the world, from the Nepal side.

OLYMPUS DIGITAL CAMERA

Leave a Reply