श्रमिक सूचना र सन्देश – ३२३

१९ मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपाललाइ बिश्व बैंकले “सम्बृद्धीका लागि वन” परियोजना कार्यान्वयन गर्न २ करोड ४० लाख डलर दिने सम्झौता गरेको छ । यसमध्ये ६१ लाख डलर अनुदान (सहयोग) हुनेछ भने १ करोड ७९ लाख डलर सहुलियत ऋण हुनेछ । यो परियोजनामा प्रदेश नं. २ र लुम्बिनी प्रदेशमा दीगो बन बिकास गर्दै बन पैदावार मार्फत आय आर्जन गर्ने गराउने गतिबिधि हुनेछन ।

बिश्व बैंकले नै नेपाललाइ कोभिड भ्याक्सिन किन्नका लागि ७ करोड ५० लाख डलर दिने अर्को निर्णय पारित गरेको छ । नेपालमा अहिले भ्याक्सिनको अभाव भएको छ र थप जनसंख्यालाइ लगाउन र पहिलो डोज लगाइसकेकाहरूका लागि दोस्रो डोज लगाउन पनि भ्याक्सिनको स्टक प्रयाप्त छैन ।

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले भोली २० मार्चसम्ममा आंफूले दूतावासमा पेश गरेका मागपत्रहरू स्वीकृत गर्न गराउन अत्यावशक रोजगारदाता सम्बन्धी आवश्यक बिवरण उपलब्ध गराउन आवेदक म्यानपावर एजेन्सीहरूका लागि पुनः अर्को सूचना जारी गरेको छ। स्मरणीय छ कि कामदारहरूले करारका शर्त समझदारी बमोजिम काम, तलब, सुविधा नपाउंदा नेपालको कानुनले पठाउने एजेन्सी र साउदी अरबको कानुनले रोजगारदातालाइ नै जिम्मेवार ठान्दछ र कानुनतः जिम्मेवारी बहन गर्न लगाउंछन। नेपालको वैदेशिक रोजगार ऐन २०६४ को दफा ७५(२) बमोजिम युद्ध, महामारी र प्राकृतिक प्रकोप बाहेकका अन्य कुनै पनि संकटमा पनि यी २ पक्ष (पठाउने एजेन्सी र रोजगारदाता)ले जिम्मेवारीबाट पञ्छिन पाउन्नन । सबै सहयोगी संघ संस्थाले पनि कानुनको कार्यान्वयन गर्न गराउंन, पीडितहरूका हक, अधिकार र सुविधा दिलाउन पीडितलाइ यो खालको सहयोग दिनुपर्छ, नसके नियामक निकाय, नेपाली नियोग र श्रम अदालतहरूसम्म पुग्नु, पुराउनुपर्दछ ।

साउदी अरबमा कोभिड पीडित नेपाली कामदारहरूका नाममा उनिहरूको उद्धार गर्न भनि ILO ले पचासौं लाख रूपैया दिएको समाचार संकट समाधान भैसकेपछि बल्ल यहांको श्रमिक समुदायले थाहा पाउंदैछन । साउदी अरबमा कोभिड संक्रमन गतः बर्ष २०२० को अप्रिलदेखि अगस्त सम्म रहेको यहांको स्वास्थ्य मन्त्रालयको तथ्यांकले नै देखाउंछ । आप्रबासी कामदार समाज (आकास) नेपालले पनि यो अवधिमा कोभिड सम्वन्धी तथ्य र तथ्यांकहरूको दैनिक अनुगमन गर्दै समाचार सम्प्रेशन गर्दै आएको छ, जुन अद्यापी जारी छ । संकट लगभग समाधान भैसकेपछि आएको उपरोक्त सहयोग राशी के कसरी उपयोग गरियो? भन्ने जिज्ञासामा संस्था (NRNA) जे जस्तो रेस्पोन्स र जानकारी दिएको छ, त्यसैमा अनेक थप प्रश्नहरू पैदा भएकाछन जसको अहिले स्वयम ILO ले नै उच्च स्तरिय छानबिन गरिरहेको अवस्था छ । यहां मुल प्रश्न फेरि पनि कानुनको कार्यान्वयन भए भएनन? जिम्मेवार पक्षहरू (पठाउने एजेन्सी, रोजगारदाता र नेपाली नियोग सहितको नेपाल सरकारको नियामक निकायहरूले आ आफ्नो भूमिका, दायित्व र कर्तब्य जिम्मेवारी पुर्बक निर्बाह गरे कि गरेनन??? भन्ने नै हो, छ ।

 

(ग) मध्यपुर्ब

३- कतारमा सबै देशका कामदारहरूलाइ बिना भेदभाव न्युनतम पारिश्रमिक १,००० रियाल, फ्रि खाना या ३०० रियाल खाना भत्ता र फ्रि आवास या ५०० रियाल आवास भत्ता दिने सरकारी निर्णय यहि मार्च २०२१ देखि नै अनिवार्य लागू हुने ILO मा आज प्रकाशित समाचारमा उल्लेखित छ । यसको अनुगमन र यकिन गर्न Wage Protection System (WPS) बाट सिस्टममा चेक गरिने साथै श्रम मन्त्रालयले स्थलगत निरिक्षण र सम्वाद पनि गर्नेभएको छ । कफाला सिस्टम अन्त्य गर्ने र न्युनतम पारिश्रमिकलाइ यसरी कडाइका साथ लागू गर्ने मध्यपुर्बमा कतार पहिलो मुलुक हो ।

https://youtu.be/8-eOUJWl7gQ

 

(घ) अन्तराष्ट्रिय (International)

Cuttack’s forest officer Sasmita Lenka in Odisha, India, has been felicitated with UN’s Asia Environmental Enforcement Award. Sasmita Lenka expressed her happiness over receiving the award as she has become the first from the state to receive it. Lenka said, “I am glad my work was noticed and I have been nominated for this prestigious award. No one has received it before from Odisha so I am feeling very happy and privileged. We have got this award for our work towards bursting rackets of Indian pangolin’s trafficking. So far we have arrested 28 smugglers.”

 

(ङ) कोरोना बिशेष

५- कोभिड १९ को संक्रमन र रिकभरीको स्थिती बिस्वभरी औसतमा, नेपालमा र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूमा अचेल हामी साप्ताहिक (हरेक शुक्रबार) अनुगमन गर्दैछौं, यसै क्रममा आजका ताजा तथ्यांकहरू यसप्रकार रहेकाछन।

Leave a Reply