श्रमिक सूचना र सन्देश – ३२०

१६ मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपाल बंगलादेश बैंक तथा मोरङको सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । यही ऋण बिदेशबाट फर्किएकी महिलाले लिन चाहेमा बार्षिक ३% ब्याजदरमै पाउनेछन । कथं कदाचित दिइएको ऋण “खराब कर्जा” मा परिणत भए बैंकको ऋण उठाइदिन नगरपालिकाले मदत गर्ने सम्झौतामा उल्लेख छ ।

(ख) साउदी अरब

२- साउदी अरबले आगामी सन २०३० सम्ममा मुलुकभित्रको उर्जाको मागको ५०% नविकरणिय उर्जा र बांकि ५०% का लागि ग्यासको प्रयोग गर्ने लक्ष लिएको छ । बिश्वको सर्बाधिक तेल उत्पादन गर्ने यो राष्ट्रको अर्थतन्त्र अहिले तेलको मूल्यमा आएको गिरावटका कारण ऋणात्मक छ । साउदी अरबमा तेलको उत्पादन खर्च उठाउनका लागि पनि कच्चा तेलको मूल्य ८० डलर प्रति ब्यारल पुग्नुपर्छ, तर केही बर्ष यता तेलको मूल्य न्युन रहिआएको छ जसले गर्दा साउदी अरबले बिभिन्न बिकल्पहरूबारे गम्भिर र सुनियोजित कदम चालिरहेको अन्तराष्ट्रिय मुद्रा कोष (IMF) लेजनाएको छ ।

 

(ग) मध्यपुर्ब

३- युकेले यहि आगामी मार्च १९ तारिखदेखि अनिश्चितकालसम्म कतारलाइ रातो सूचीमा राख्दै कतार र कतारमा ट्राञ्जिट राखी युके प्रबेशमा प्रतिबन्ध लगाउने भएकोछ । युएइ यस अघि नै युकेको रातो सूचीमा परिसकेको छ । कोभिड संक्रमणको जोखिम न्युनिकरण गर्न यो निर्णय गरिएको जनाइएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- In a strong condemnation of the Myanmar military’s brutal crackdown on demonstrators since the February 1 coup, the US Department of State on Monday said that the junta has responded to calls for the restoration of democracy in the country with bullets.

Speaking at a Department press briefing, Deputy Spokesperson Jalina Porter said: “…Burmese security forces brutally attacked their own people, killing dozens throughout the country. The military junta’s violence against the people of Burma is immoral and indefensible.”

Leave a Reply