श्रमिक सूचना र सन्देश – ३१३

९ मार्च २०२१

 

भिडियो समाचार

(क) नेपाल

१- नेपालमा बृद्ध र दीर्घ रोगीलाई खोप लगाउँदा उल्झनबारे गरिएका बिभिन्न २२ प्रश्नहरूको शुक्रराज अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले जवाफ दिएकाछनः

१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न ?

 

– ढुक्क भएर लगाउन मिल्छ ।

 

२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ ?

 

– आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।

 

३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन ?

 

– लगाउन मिल्छ ।

 

४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ ?

 

– सकिन्छ ।

 

५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?

 

– मिल्छ ।

 

६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ ?

 

– मिल्छ ।

 

७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ ?

 

– मिल्छ ।

 

८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ ?

 

– मिल्छ ।

 

९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं ?

 

– निर्धक्क खोप लगाउने ।

 

१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ ?

 

– लगाउने ।

 

११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?

 

– मिल्छ ।

 

१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?

 

– कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौँ ।

 

१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?

 

– लगाउन जरुरी छ ।

 

१४. मैले बाथको दबाई खाइरहेको छु के गरौँ ?

 

– खोप लगाउने ।

 

१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब ?

 

– लगाउनुपर्छ ।

 

१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?

 

– खोप लगाउने ।

 

१७. र मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?

 

– खोप लगाउने ।

 

१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ ?

 

– मिल्छ ।

 

१९. मैले डायलाइस गर्दै छु, के गरौं ?

 

– खोप लगाउने ।

 

२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?

 

– खोप लगाउने ।

 

२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु ?

 

– आफ्नो उपचार विधि, अवस्था र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि सरसल्लाहमा ।

 

२२. मैले चिल्लो कम गर्ने दबाईको सेवन गर्दैछु के मिल्छ ?

 

– लगाउन मिल्छ ।

(ख) साउदी अरब

२- साउदी अरबले नेपाली कामदारहरूको माग यतिबेला बढाएको छ । भारत, पाकिस्तान जस्ता कामदार पठाउने ठूला मुलुकहरूबाट यो बेला कोही पनि आउन नमिल्ने भएपछि पनि तत्काल साउदी रोजगारदाताहरूले नेपालबाट मागेका हुनसक्छन। यो एउटा अवसर मात्रै हैन, चुनौति र जोखिम पनि हो । चाहे आम माफिका बेला होस या हालैको कोभिड संक्रमण, जब कामदारहरू अन्याय र शोषणमा परी अलपत्र पर्छन, यी रोजगारदाता र पठाउने एजेन्सी दुबैले जिम्मेवारी बहन नगर्दा र दूतावास र नेपालका नियामक निकायहरूले पनि न्याय र उद्धारका लागि ठोस र प्रभावकारी कदम नचाल्दा, कानुनको कार्यान्वयन पनि नहुंदा कामदारहरूले बिचल्ली ब्यहोर्दै आइरहेकाछन । अहिले सरकारले केही ब्यवस्थित गर्न खोजेको देखिन्छ, तर ब्यवस्थापनमै केही कठिनाइ पनि देखिएकाछन, दूतावासले नै बेला बेलामा यसबारे खुलासा गर्दै आएको पनि छ ।

(ग) मध्यपुर्ब

३- कतारले कोभिड भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाइ अब ६ महिनासम्म फर्किदा क्वारेन्टाइनमा बस्नुनपर्ने सुविधा दिने भएको छ । यस अघि यो सुविधा ३ महिनाका लागि मात्र दिइएको थियो । दोस्रो डोज लगाएको १४ दिनपछि लिन पाइने यो सुविधा हाललाइ अन्य मुलुकमा भ्याक्सिन लगाएकाहरूले भने पाउने छैनन । कतारको अनिवार्य होटल क्वारेन्टाइन कैयन महिना यता निकै पेचिलो र खर्चिलो मामला बनिरहेको छ जसमा करिब रू. १ लाखको खर्च आउने गर्दछ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Prime Minister Sheikh Hasina today said the Moitree Shetu would help Bangladesh ease trade with India, Nepal and Bhutan.

“We expect that the framework we are inaugurating today will also help Bangladesh trade more easily not only with India, but with Nepal and Bhutan as well,” she said.

The prime minister made the remarks in a video message to inaugurate virtually the Maitree Shetu over the Feni river jointly with her Indian counterpart Narendra Modi.

Narendra Modi attended virtually the inauguration ceremony held at

Agartala, Tripura.

The 1.9-kilometer bridge connected Tripura of India with Ramgarh of Bangladesh.

 

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply