श्रमिक सूचना र सन्देश – २५९

१४ जनवरी २०२१

 

भिडियो समाचार

  (क) नेपाल

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै एनआरएनएका अभियन्ताहरु तथा आईसीसी सदस्यहरु स्पेनका चिन्तामणि सापकोटा, संयुक्त राज्य अमेरिकाका शंकर खड्का, अष्ट्रेलियाका दीपक शर्मा, जर्मनीका विजय मोक्तान र अफ्रिकाका क्षेत्रीय सदस्य रोशन थापाले संयुक्त पत्र लेख्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन।

गत २२ नोभेम्बरमा बसेको एनआरएनएको ७५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा अध्यक्ष कुमार पन्तले २३ र २४ जनवरी २०२१ मा संघको विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका थिए। भर्चुअल रुपमै बोलाइएको उक्त महाधिवेशन एनआरएनएको विधान विपरीत भएको भन्दै उनीहरुले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

‘एनआरएनएको विधान विपरीत गरिने कार्यलाई एउटा अभिभावकीय भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले कदापी सहमति दिन मिल्दैन भन्ने हाम्रो ठम्याइ छ’, उनीहरुले पत्रमा लेखेका छन्, ‘संघको केन्द्रीय समितिको आधिकारिक निर्णय बिना नै नयाँ प्रतिनिधि (डेलिगेट्स)हरु नियुक्त गरेर विशेष महाधिवेशनमा सहभागी गराउन लागिएको छ, जुन सर्वथा अनुचित र विधान विपरीत छ।’

साथै, उनीहरुले परराष्ट्र मन्त्री विशेष महाधिवेशनमा सहभागी भए विदेशमा रहेका नेपालीको साझा संस्थामा राजनीतिक हस्तक्षेपको आरोप लाग्ने पनि चेतावनी दिएका छन्।

 

(ख) साउदी अरब

२- साउदी अरब आन्तरिक मन्त्रालयले कोभिड-१९ को संक्रमणलाइ नियन्त्रण गर्न नसकेका तथा अस्थिरता उत्पन्न भएका मुलुकहरूः लिबिया, सिरिया, लेबनन, यमन, इरान, टर्की, अफगानिस्तान, अर्मेनिया, सोमालिया, कंगो, भेनेजुएला र बेलारूसमा नजान चेतावनी दिंदै जानैपर्नेले मन्त्रालयको पुर्ब स्वीकृति लिनुपर्ने जनाएको छ ।

 

(ग) मध्यपुर्ब

३- नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाइ राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी सूचना जारी गरेको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- ‘BelSalamah’ is an electronic platform aims to facilitate return of domestic workers from the ‘high-risk’ countries, with which travel is banned, to Kuwait, in line with specific procedures and mechanisms that take into account the required health measures. The project prepared by the National Aviation Services (NAS), which operates at Kuwait International Airport, aims to decrease the cost of return that the sponsor will pay, in addition to relocating the 14-day quarantine to be in Kuwait instead of a transit country.

The program return costs KD 270 ($980) for every worker registered under Article 20 of the residency law, which applies to domestic helpers. The cost includes a 14-day quarantine, according to health requirements, meals, security and three PCR tests. The tickets are not included in the return program, as they are different depending on destination.

Additional flights of the return of passengers will be organized, in cooperation of Kuwait Airways, Al-Jazeera Airways and the other companies working at Kuwait International Airport, in line with the common agreements and the standard rates approved by the Directorate General of Civil Aviation (DGCA).

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply