श्रमिक सूचना र सन्देश – २५७

१२ जनवरी २०२१

 भिडियो समाचार

  (क) नेपाल

१- रूसले नेपाललाइ कोभिड-१९बाट बचाउने रूस निर्मित भ्याक्सिन Sputnik V का अढाइ करोड डोज उपलब्ध गराउन इच्छा जताएको छ । रूसी बिदेश मन्त्रालयका मुताविक यसका लागि नेपालको एक फर्माश्युटिकल कम्पनिसंग समझदारी पत्र (Memorandum) मा हस्ताक्षर भैसकेको बताइएको छ ।

 

(ख) साउदी अरब

२- नेपाली राजदूतावास रियाधले आगामी शुक्रबार, १५ जनवरी २०२१ का दिन साउदी अरबको पुर्बी प्रान्तको शहर जुबैलमा पासपोर्ट सहजिकरणको स्थलगत (बिकेन्द्रित) सेवा दिनेभएको छ ।

(ग) मध्यपुर्ब

३- कतारले कतार फर्किनेहरूका लागि लगाएको ७ दिने होटल क्वारन्टाइनको अनिवार्य नियम आगामी फेब्रुअरी १५, २०२१ सम्मका लागि यस अघि तोकिएकोमा अब यो नियम आगामी ३१ मइ २०२१ सम्म लागू हुनेगरी बढाइएको छ । अग्रिम होटल बुक नगरी कोहि पनि कतार प्रबेश गर्नपाउनेछैनन र होटलहरू डिस्कभर कतारमा सूचिकृत नै हुनुपर्नेछ । (१) युके लगायतका नयां कोभिड भाइरस संक्रमित केही मुलकहरूका लागि, (२) रेड जोनमा रहेका अन्य मुलुकहरूका लागि, (३) कम्पनीहरूको स्पोन्सरमा फर्किने कामदारहरूका लागि (मेकाइनी) र (४) साउदी अरबबाट सडक मार्ग हुंदै कतार आउनेहरूका लागि कूल ४ थरिका अलग अलग होटलहरूका सूची बुकिंगका लागि उपलब्ध गराइएको छ । साउदी-कतारको सडक नाकाबाट बितेको ३ दिनमा ९०० भन्दा बढी गाडीहरूले आवत जावत गरेकाछन ।

 

 

(घ) अन्तराष्ट्रिय (International)

4- Twenty Thousand people from China’s Shijiazhuang transferred to quarantine areas due to fresh COVID-19 outbreak. The country reported the 1st Covid-19 case on January 2 during this round of flare-ups in Hebei, tweeted Global Times. Chinese health experts warned that the coronavirus spreading in China appears to be more infectious and transmissible, and asymptomatic infections, especially silent infections in villages, have become a new and big challenge for China, judging from the ongoing Shijiazhuang outbreak, reported Global Times.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply