श्रमिक सूचना र सन्देश – २५५

१० जनवरी २०२१

 

भिडियो समाचार

  (क) नेपाल

१- नेपालमा सरकारी संस्थानहरु डुब्नुमा राजनीतिक नियुक्ति नै प्रमुख कारण रहेको एक अध्ययनले देखाएको छ । संस्थानहरुले आफ्नो क्षमताभन्दा कम उत्पादन गर्नु, प्रतिस्पर्धी बजारको वास्ता नगर्नु, प्रविधि प्रयोगमा ध्यान नदिनु र कर्मचारीले जागिर खाने भाडो मात्र बनाउनु जस्ता कारणले संस्थान डुबेको अध्ययनले देखाएको हो ।

सरकारले उद्योगहरु रुग्ण हुनको कारण र समस्याबाट निक्लने उपायबारे अध्ययन गर्न गठन गरेको रुग्ण उद्योग अध्ययन समितिले गरेको अध्ययनले अधिकांश राजनीतिक नियुक्ति हुने संस्थानहरु डुबेको देखाएको हो ।

गोरखकाली टायर उद्योग, उदयपूर सिमेन्ट, हेटौडा सिमेन्ट जस्ता संस्थानहरु पछिल्ला उदाहरण हुन जहां समस्या देखिएको छ ।

(ख) साउदी अरब

२- साउदी अरबको जेद्धा या नियोममा अमेरिकी कम्पनी लुसिडसंगको साझेदारी र सह लगानीमा बिद्युतिय मोटरहरू (Electric Vehicles) निर्माणका लागि कारखाना खोल्नेबारेमा गम्भिर र सकारात्मक सम्वाद भएका छन । ब्लुमबर्गका मुताविक गैर तेलिय क्षेत्र (Non-Oil Sector) मा ठूलो लगानी गर्दै अर्थतन्त्रलाइ नयां स्वरूप र दिशामा अघि बढिरहेको साउदी अरब बिद्युतिय बाहनहरूको प्रमुख उत्पादक राष्ट्र (Hub for Electric Vehicles) बन्न इच्छुक देखिएको छ ।

 

(ग) मध्यपुर्ब

३- कतारले आफ्नो देशमा रहेका सबै नागरिक र आप्रबासीहरूलाइ समेत कोभिड १९ को भ्याक्सिन निशुल्क उपलब्ध गराउने लक्ष र चाहना राख्दै हेल्थ कार्ड अर्थात मेडिकल इन्शुरेन्स नभएकाहरूलाइ समेत तोकिएको हेल्थ सेन्टरहरूमा गइ भ्याक्सिन लिनका लागि आफ्नो नाम दर्ता गराउन भनेको छ । सबैका लागि भ्याक्सिन अनिवार्य नभएता पनि कोभिडबाट शत प्रतिशत सुरक्षित रहन सबैले यो भ्याक्सिन लगाइदिउन भन्ने चाहना र कोशिस देखिएकाछन ।

 

 

(घ) अन्तराष्ट्रिय (International)

4- If you’re a young college student you can, like, totally be forgiven for acting like a ditz. But once you enter the real world, it’s time to start acting like a mature, responsible adult. This means dressing and speaking like a grown up, and making the kind of choices that show you’re a strong, independent adult who wants to be taken seriously. Your path to success starts with reading these 11 tips.

  1. Improve Your Posture
  2. Ditch The Multi-Colored Outfits
  3. Eliminate “Emm” “I Think” And “Like” From Your Vocabulary
  4. Speak With A Lower-Pitched Voice
  5. Stay Informed About The News
  6. Make Eye Contact
  7. Don’t Overdo The Perfume
  8. Be An Active Listener
  9. Buy A Professional-Looking Handbag
  10. Work On That Power Handshake
  11. Wear Glasses

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply