श्रमिक सूचना र सन्देश – २३७

२३ डिसेम्बर २०२० 

 

भिडियो समाचार

  (क) नेपाल

१- नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले आज २३ डिसेम्बर राती ११ बजेदेखि अर्को सूचना नभएसम्मका लागि युकेबाट र युकेलाइ ट्राञ्जिट बनाएको यात्रीहरूलाइ नेपालमा नल्याउन सबै एअरलाइन्सहरूलाइ सर्कुलर जारी गरेको छ ।

यसै बिषयमा नेपालको अध्यागमन बिभागले समेत आजदेखि युके या युके हुंदै नेपाल आउने सबै यात्रीहरूलाइ अर्को सूचना नभएसम्मका लागि प्रबेश निशेध हुने सूचना जारी गरेको छ ।

 

(ख) साउदी अरब

२- साउदी अरबमा आगामी जनवरी २०२१ देखि नै लेखा पेशा (Accounting Profession) मा ३०% साउदिकरण गरिनेभएको छ । साउदी नागरिकहरूका लागि आरक्षित यो ३०% कोटामा नियुक्त हुने साउदी रोजगारकर्मीहरूमा ब्याचलर डिग्रि होल्डरहरूको शुरूवाती मासिक बेसिक तलब ६,००० रियाल र डिप्लोमा होल्डरहरूको ४,५०० हुने भनेर समेत तोकिएको छ ।

(ग) मध्यपुर्ब

३- मानव संशाधनबारे परामर्श सेवा दिने कुपर फिच कम्पनीको एक सर्वेक्षण प्रतिवेदन मुताविक आगामी बर्ष २०२१ मा रोजगारकर्मीको तलब बढ्ने सम्भावना अत्यन्त न्युन रहनेछ, परन्तु एक तिहाइले रोजगार नै गुमाउने, नयांले साविकको भन्दा औसतमा २.५% कम तलब पाउने, मध्यमस्तरमा १४% र कार्यकारी (माथिल्लो) तहमा १२% तलब सुविधा कम हुने प्रक्षेपण गरिएको छ ।

 

(घ) अन्तराष्ट्रिय (International)

4- Pushpa Kumar Dahal replaces Nepal PM Oli as parliamentary party leader of ruling NCP in Nepal.

The faction led by Oli has claimed that a working committee meeting that isn’t attended by the party secretary can not be considered legitimate. The developments come after the President Bidya Devi Bhandari dissolved Parliament last week at Oli’s recommendation and announced the dates for the general elections to be held in two phases on April 30 and May 10 in 2021.

 

(ङ) कोरोना बिशेष

५- हामीले दैनिक अनुगमन गर्दै आएको कोभिड-१९ बाट निको हुनेहरूको बिश्व भरीको औसत, नेपाल र नेपालका ५ प्रमुख गन्तब्य मुलुकहरूका ताजा तथ्यांकहरू आज यसप्रकार रहेकाछनः

Leave a Reply